तीन बुँदे सहमति कार्यन्वयनको लागि जिल्ला प्रशासन कार्यलय इलाममा धर्ना

तीन बुँदे सहमति कार्यन्वयनको लागि जिल्ला प्रशासन कार्यलय इलाममा धर्ना

नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयनको लागि आज देशभरका जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ भने केन्द्रमा प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

यसैक्रममा आज इलाममा पनि जिल्ला प्रशासन कार्यलयमा नेकपाले धर्ना दिएको छ । १२ बजेदेखि आधा घण्टासम्म चलेको धर्नामा पार्टीका केन्द्रिय सदस्य सुमनसिंहको उपस्थिति रहेको थियो । कार्यक्रमपछिको कोणसभामा जिल्ला सेक्रेटरी मौसमले बोलेका थिए । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्का र जिल्ला प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठसँग सुमनसिंहको टोलिले भेट गरेको थियो । भेटमा नेकपा इलामका पूर्व इन्चार्ज पुष्प कोइरालाको पुन गिरफ्तारीको पछाडिको अन्तरवस्तु र अन्य विषयमा रहेका अस्पष्टताको बारेमा छलफल भएको बताइएको छ ।

धर्ना पश्चात भएको कोण सभामा बोल्दै मौसमले सरकारले सहमति कार्यन्वयन नगरे आफ्नो पार्टी जनतामा जाने र संघर्ष गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :