नेपाल कम्युनिस्ट पार्टी मोरङ केराबारीकाे पाँचौं गाउँ भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी मोरङ केराबारीकाे पाँचौं गाउँ भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी मोरङको केराबारीले पाँचौं गाउँ भेला सम्पन्न गरेको छ । भेलाले गाउँ सेक्रेटरीमा सन्त हाङ चेम्जोङलाई निर्वाचित गर्दै ११ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ ।

भेलामा प्रमुख अतिथिका रूपमा मोरङ जिल्ला सेक्रेटरी नरेश, अतिथिमा अखिल नेपाल महिला संघ क्रान्तिकारी निवर्तमान मोरङ धनकुटाकी अध्यक्ष जमुना, अखिल (क्रान्तिकारी) मोरङका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला सदस्य आकाश उपस्थित थिए भने कार्यक्रमको संचालन तथा अध्यक्षता भने कम्युनिष्ट पार्टी मोरङका सदस्य विकल्पले गरेका थिए ।

मन्तव्यको क्रममा मोरङ सेक्रेटरी नरेशले नवनिर्वाचित कमिटीलाई शुभकामना दिदै यो दलाल संसदीय व्यवस्थाले गरिब असहाय जनताहरूको रगत चुस्ने र पसिना लुट्ने काम गरिरहेको र यसको एक मात्र विकल्प वैज्ञानिक समाजवाद रहेको बताए । उनले मन्तव्यकै क्रममा यो संसदीय व्यवस्था भनेको दलालहरूको झुन्ड रहेको र यसले जनतालाई कहिल्यै पनि मुक्तिको बाटो नलैजाने बताए । सबै जनताहरु फेरी एक पटक संसदीय व्यवस्थाका विरुद्धमा अग्रसर भई यसलाई चाँडो भन्दा चाँडो टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :