युवा संगठन नेपाल सिन्धुलीको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल सिन्धुलीको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल जिल्ला समिति सिन्धुलीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका विशेष कमिटी सदस्य शशी राई, अतिथिहरुमा युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङ, नेकपा सिन्धुली जिल्ला सेक्रेटरी गोपाल भ्लोन, मरिण गाउँपालिका सेक्रेटरी राजन माझी, जिल्ला सदस्य रामु कार्की लगायतको उपस्तिथि रहेको थियो ।

बैठकमा प्रशिक्षण दिदै शशी राईले युवाहरुले नै अब क्रान्तिको नेतृत्व गर्नु पर्ने बताए । दलाल संसदिय व्यवस्था खारेजी युवाहरुकै पहलमा गर्नुपर्ने र जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु पर्ने बताए ।

त्यसैगरी नेकपा जिल्ला सेक्रेटरी गोपालले पनि बैठकमा पार्टीको धारणाहरु राखेका थिए । उक्त बैठकमा बिचारमानले पार्टीले लिएको संसदिय व्यवस्थाको खारेजी र प्रगतिशील संयुक्त सरकारबाट जनमत सङ्ग्रहको बारेमा गाउँगाउँमा न्यायप्रेमी जनसमुदायमा पुर्याउनु अपिल गरे । बैठकले जिल्लाको सबै वडाहरुमा संगठन निर्माण गर्ने र विकृति, विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठकको अध्यक्षता तेज कुमार लामाले गरेका थिए भने बैठकको सञ्चालन दिनेश माझीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :