अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन उद्घाटन

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन उद्घाटन

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले तीन बुँदे सहमतिको उल्लंघन गरेको बताएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । महासचिव विप्लवले नेकपासँग गत फागुन २१ गते भएको तीन बुँदे सहमति तत्कालीन सरकारले समेत पालना नगरेको र वर्तमान शेरहादुर देउवा नेतृत्वको सकरारले समेत उक्त सहमति उल्लंघन गरेको बताउँदै हिजो मात्र नेकपा इलामका तत्कालीन इञ्जार्ज पुष्प कोइरालालाई अदालत रिहा गरिसकेपछि पुनः पक्राउ गरेर संखुवासभा लगिएकोलगायत देशैभरिको घटनाले सरकारले तीन बुँदे सहमतिको उल्लंघन गरेको पुष्टि भएको बताए ।

यसैगरी, महासचिव विप्लवले विराटनगर जुट मिलदेखि मजदुरले लगातार संघर्ष गर्दै आएको बताउँदै अहिलेसम्म पनि मजदुरले अधिकार प्राप्त गर्न नसकेको बताए । उनले मजदुरले आफ्नो अधिकार प्राप्तिको लागि थप संघर्ष गर्नु आवश्यक रहेको बताउँदै मजदुरको संघर्षको नेतृत्व आफ्नो पार्टीले लिन तयार भएको बताए ।
यसैगरी, महासचिव विप्लवले आफ्नो पार्टीविरुद्ध सेना र प्रहरीलाई सरकारले भड्काउन खोजेको ठोकुवा गर्दै भने अस्ति मात्र नेकपाबाट शान्तिसुरक्षामा थ्रेट छ भनी जुन अफवाह फैलाइएको छ भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा खडा भएको नेकपाको विपक्षमा नलाग्न उनले सेना र प्रहरीलाई आग्रह गरे ।

यसैगरी, सोही समारोहलाई सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले मजदुर सम्मेलन आफैँमा ऐतिहासिक भएको बताउँदै वर्तमान संसदीय व्यवस्थामा सबैभन्दा पीडित, अन्याय र ठगीमा मजदुर परेको बताए । उनले मजदुर आन्दोलन सही विचार र सही नीतिद्वारा निर्देशित हुनुपर्ने बताउँदै पुँजीपतिहरुले जन्माइदिएका अभिजात वर्गीय पार्टीद्वारा सञ्चालित भएर मजदुरको हित र मुक्ति नहुने बताए । उनले सबै मजदुर एकताबद्ध भएर संघर्षमा उत्रनुपर्ने बताउँदै मजदुर आन्दोलनमा आफ्नो पार्टीको साथ र सहयोग रहने बताए ।

त्यसैगरी, प्रवक्ता प्रकाण्डले देश भयंकर संकटमा रहेको उल्लेख गर्दै संसदीय व्यवस्था असफल भइसकेको आमजनतासामु प्रष्ट भइसकेको ठोकुवा गरे । उनले संसदीय व्यवस्थाले आमजनतालाई आजित बनाएको ठोकुवा गर्दै भने ‘संसदीय व्यवस्थाले नेपाली जनतालाई अन्याय, शोषण र अशान्ति मात्र दियो । भ्रष्टाचार र कमिशनको मात्रै खेल गरायो । विदेशीसँग दलाली मात्र ग¥यो, आफ्नो सत्ता र कुर्सीको निम्ति असमान सन्धिसम्झौता गर्ने, राष्ट्र र जनतालाई दाउमा लगाउने कार्य मात्र ग¥यो, जसको उदाहरणको लागि एमसीसी सम्झौता र दार्चुला तुइन घटनालाई लिन सकिन्छ ।’

यसैगरी, प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था बदल्नुको विकल्प नभएको बताउँदै वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिवार्य भएको ठोकुवा गर्दै त्यसको निम्ति जनमत संग्रह नै एक मात्र सही विकल्प र सही नीति भएको बताए । उनले आफ्नो पार्टीले शान्तिपूर्ण ढङ्गले देशमा परिवर्तन गर्न तीन बुँदे सहमति गरेको प्रसङ्ग कोट्याउँदै सरकारले तीन बुँदे सहमतिको पालना नगरेको बताए । प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति तत्कालीन ओली सरकार र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले समेत पालना नगरेको बताए । उनले सरकार नै अशान्ति मच्चाउन लागि परेको बताउँदै भने– ‘शान्तिको खिलापमा सरकार नै उत्रिएको छ । त्यो भनेको तीन बुँदे सहमति कार्यान्वयन नगर्नु हो ।’ उनले पार्टी शान्तिपूर्ण ढङ्गले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न प्रतिबद्ध भएको बताउँदै आपूmलाई लोकतन्त्रको मसिहा ठान्नेहरुले अहिलेको राजनीति समस्याको समाधान र आफ्नो व्यवस्था आफैँ छान्ने अधिकार जनतालाई दिउँभन्दा आतंकित हुनुपर्ने र त्यसको विरुद्धमा आउनुको कारण के हो रु भन्दै संसद्वादी दलहरुलाई जनमत संग्रहको विरोध गर्ने मूर्खता नगर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :