नेकपा मोरङले दियो सङ्गठन विस्तारलाई तीव्रता

नेकपा मोरङले दियो सङ्गठन विस्तारलाई तीव्रता

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले सङ्गठन बिस्तारमा तीव्रता दिएको छ । सङ्गठन विस्तार अन्तर्गत मोरङ जिल्ला बुढीगङ्गा गाउँपालिका नगर कमिटी गठन गरेको हो । नगर निर्वाचित कमिटीले चन्द्र राईलाई नगर सेक्रेटरीमा निर्वाचित गर्दै ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

कार्यक्रममा मोरङ जिल्ला सेक्रेटरी नरेशसाहित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज निर्मल लगायत मोरङ जिल्ला युवा सङ्गठनका संयोजक आकाश र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पूर्ण उपस्थित भएका थिए र मन्तव्यका क्रममा मोरङ जिल्ला इन्चार्जले मोरङ जिल्लाका हरेक नगरमा चाँडोभन्दा चाँडो नगर कमिटी खडा गरी मोरङ जिल्लामा एकीकृत जनक्रान्तिको अवधारणा सबैमा प्रष्ट पार्ने बताए ।

यस्तै मोरङ जिल्ला युवा संयोजक आकासले सबै नवनिर्वाचित कमिटीलाई शुभकामना दिँदै सबै जनतालाई एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद्ध भई अगाडि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :