युवा सङ्गठन नेपाल सर्लाहीको बैठक सम्पन्न

युवा सङ्गठन नेपाल सर्लाहीको बैठक सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला समिति सर्लाहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

प्रमुख अतिथि युवा सङ्गठन नेपाल जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर व्युरो संयोजक पदम मगर बिहानी, ईस्वरपुर नगर सेक्रेटरी सुनिता झा लगायतको उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता जिल्ला संयोजक भरत पुलामीले गरेका थिए ।

दोस्रो पूर्ण वैठकले नगरपालिका, गाउँपालिका, वडा भेला गर्ने, जिल्ला सम्मेलन असोज १९ गते गर्ने, समाजिक बिकृति बिसङ्गतिबिरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

बिचारमानले दलाल संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा सम्पूर्ण युवाहरू लाग्नुपर्ने बताए । उनले दलाल संसदीय व्यवस्थाले नागरिकको अधिकार खोसिएको, बिभेद र उत्पीडन थोपरेको हुँदा यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र पूरा हुने बताए ।

यसैगरी पदमले सबै युवा, मजदुर, सुकुम्बासी नागरिक आफ्नो पार्टीले लिएको जनमतसङ्ग्रहको एजेन्डा नै जनताको एजेन्डा रहेको र प्रगतिशील संयुक्त सरकार दलाल संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी व्यवस्था ठीक भन्ने व्यवस्था चुन्ने जनमतसङ्ग्रहको चुनावको बारेमा सबै नागरिकलाई बुझाउनुपर्ने जिम्मा युवाहरूको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :