युवा सङ्गठन नेपाल मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडामा ज्ञापनपत्र

युवा सङ्गठन नेपाल मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडामा ज्ञापनपत्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै उक्त पत्र बुझाएको हो ।

तीनबुँदे सहमति कार्यान्वयनका लागि युवा सङ्गठन नेपाल मकवानपुरले प्रशासन कार्यालयका सहायक प्रमुखमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौँलाई ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा सङ्गठनले तीनबुँदे मागहरू उल्लेख गरेको छ । राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरू खारेज हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निसर्त रिहाइ गर्नुपर्ने र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्नुपर्ने मागहरू रहेका छन् । यस्तै ज्ञापनपत्रमा राजनीतिक सहमतिलाई लत्याउँदै राज्यले दमनको चक्र चलाउने नीति अख्तियार गरे यसले देशलाई द्वन्दमा धकेल्ने निश्चित रहेको स्पष्ट उल्लेख गरिएको छ ।

बुधबार युवा सङ्गठन नेपाल मकवानपुरका जिल्ला अध्यक्ष किरण अर्यालद्वारा हस्ताक्षरित ज्ञापनपत्र अध्यक्ष स्वयमले पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :