३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न युवा संगठन अर्घाखाँचीकाे माग

३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न युवा संगठन अर्घाखाँचीकाे माग

अर्घाखाँचीः नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपाल, अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न माग गरेको छ ।
बुधबार दिउँसो २ बजेतिर प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रमसहित जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ३ बुँदे सहमतिलाई इमान्दारितापूर्वक लागु गर्न, आस्थाका बन्दीहरुलाई निसर्त रिहाई र जनमत संग्रहको माग गर्दै आन्दोलन समेत गरेको युवा संगठन नेपाल, अर्घाखाँचिका सचिव मनोज अधिकारीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लाबाट हुने सहमति अनुसारको काम भइसकेको, बाँकी संघिय सरकारको निर्णयबाट हुने काम बाँकी रहेको बताउँदै ज्ञापन पत्रलाई श्री प्रधानमन्त्रीको कार्यालय सिहंदरबार काठमाडौँसम्म पु¥याउने प्रतिबद्धता गरेका छन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता नविन खड्काले २ महिनामा सखाप पार्छौँ भन्नेहरुले २ वर्षसम्म केही गर्न नसक्दा बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताउँदै जुन तीन बुँदे सहमति सरकारले अहिलेसम्म पालना नगरेको बताएका छन् । पार्टीसंग भएको ३ बुँदे सहमति र राजनीतिक आस्थाका भरमा थुनिएका हाम्रा नेता तथा कायकर्तालाई बिना सर्त स–सम्मान रिहाई गर्न माग गर्दै यदि ३ बुँदे सहमति अक्षरंस पालना नगरेमा फेरि नेपाली जनताले बिद्रोह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :