युवा संगठन नेपाल दाङद्वारा सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश

युवा संगठन नेपाल दाङद्वारा सिडियो कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समितिी दाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्नासहित ज्ञापनपत्र पेश गरिएको बताइएको छ । संगठनले झन्डै एक घण्टा प्रशासन कार्यालयको अगाडि धर्ना समेत दिएको थियो ।
युवा संगठन नेपाल दाङले आजै जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना पश्चात् प्रशासन कार्यालयका सहायक प्रमुखमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाडौँलाई ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा संगठनले तीन बुँदे मागहरु उल्लेख गरेको छ । राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरु खारेज हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरुलाई निसर्त रिहाइ गर्नुपर्ने र जनमतसंग्रहका लागि उचित वातावरण तयार गर्नुपर्ने मागहरु रहेका छन् । यस्तै ज्ञापनपत्रमा राजनीतिक सहमतिलाई लत्याउदै राज्यले दमनको चक्र चलाउने नीति अख्तियार गरे यसले देशलाई द्वन्दमा धकेल्ने निश्चित रहेको स्पष्ट उल्लेख गरिएको छ । युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुलसी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र युवा संगठन नेपालका राप्ती ब्यूरो इन्चार्ज तिलकले पेश गरेका थिए । यस्तै राप्तीका सबै जिल्लाहरुमा संगठनले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश गरेको इन्चार्ज तिलकले जनाएका छन् ।

ज्ञापनपत्रको पूर्ण पाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :