तीन बुँदे सहमति कार्यान्वयनको दबाब स्वरूप युवा संगठन सर्लाहीद्वारा ज्ञापनपत्र

तीन बुँदे सहमति कार्यान्वयनको दबाब स्वरूप युवा संगठन सर्लाहीद्वारा ज्ञापनपत्र

युवा संगठन नेपाल जिल्ला समिति सर्लाहीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रिय कार्यक्रम अनुसार गत फागुन २१ गते केपी नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति मध्ये प्रतिबन्ध फुकुवा बाहेक अन्य सहमति कार्यान्वयन नभएको भन्दै संगठनले दबाब स्वरूप आज देशभर ज्ञापनपत्र बुझाएको जनाएको छ । सबै नेताकार्यकर्तालाई अझै रिहाई नगरेको, झुठ्ठा मुद्या खारेजी लगायत अन्य सहमति कार्यान्वयन नगरेको युवा संगठनले जनाएको छ । जनकपुर ब्यूरोमा राजन बस्नेत, आदम कवाडी लगायत २२ जना नेता कार्यकर्ता बन्दी जीवन बिताइरहेको बताएको छ । उक्त ज्ञापनपत्र सिडिओ कार्यलयमार्फत प्रधानमन्त्री कार्यलयमा पुर्याउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोसँग भएको भेटमा पत्रलाई प्रधानमन्त्री कार्यलयमा पठाउने प्रतिबद्धता गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :