युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

युवा सङ्गठन नेपाल नवलपरासीले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो

परासी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले तीनबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

युवा सङ्गठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्यनको माग गर्दै सहायक सिडियो जोरासिंह माझीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लेखिएको छ, “हाम्रो पार्टीले देशमा भएका संस्थागत भ्रष्टाचार तथा बिभिन्न सङ्घ संस्थाहरूले राज्यलाई कर छलीबिरुद्ध कार्य गर्दै आइरहेको क्रममा केपी ओली नेतृत्वको सरकारले पार्टीमाथि २ बर्ष राजनैतिक प्रतिबन्ध लगायो । पार्टीले उठाउँदै आएका राजनीतिक विषयहरू र नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनैतिक प्रतिबन्धका विषयमा नेपाल सरकार र नेकपाको बीचमा पटक–पटक वार्ता बसि दुबै पक्षको सकारात्मक प्रयत्नबाट २०७७ फागुन २१ गते तीनबुँदे सहमति गरि नयाँ राजनीतिक कोर्षको सुरुवात भएको थियो । तीनबुँदे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरू कुनै पनि बुंदाहरू लागू नभएको बताए ।

कुनै पनि राजनीतिक शक्तिसँग राज्यले गर्ने राजनीतिक सहमतिहरूलाई इमान्दारिताका साथ लागू गर्नुपर्दछ । अन्यथा राज्यप्रतिको अविश्वास बढ्दै जाने र विगतमा भएका सम्झौताहरू राज्यद्वारा उलङ्घन गर्दै आएको इतिहासको परिणाम स्वरूप तीनबुँदे सहमति कार्यान्वयनमा देखा परेको ढिलासुस्ती गरेको खोजेको सङ्गठनले आरोप लगाएको छ ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टा मुद्दाहरू तुरुन्त खारेज गर, राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर, जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीनबुँदे माग उल्लेख गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीनबुँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सङ्घर्षका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक सिडियो माझीले नेकपाकासँग भएको तीनबुँदे सहमति कार्यानयनका लागि गृहमन्त्रालयको निर्देशन अनुसारनै जस्तोसुकै अवस्था एवम् हरबखत नेताकार्यकर्ता रिहाइ गर्ने प्रतिबद्धता जनाएको पार्टीका जिल्ला सदस्य एवम् बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :