तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला सङ्गठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि सङ्गठनको केन्द्रीय नीति अनुसार ज्ञापनपत्र बुझाइएको हो ।

नेपाल सरकार र नेकपाबीच भएको सम्झौता पूर्ण रुपमा कार्यान्वन नभएकाले सहमति कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाइएको हो । तीनबुँदे सहमति भएको ८ महिना हुन लाग्दा पनि नेपाल सरकारले सहमति कार्यान्वयनमा कुनै चाँसो देखाएको छैन । नेपाल कम्युनिस्ट पार्टीका झन्डै ९० भन्दा बढी नेता तथा कार्यकर्ता अझैँ पनि जेलमा रहेका छन् । तीनबुँदे सहमतिमा उल्येख भएको प्रतिबन्ध फुकुवाबाहेक अन्य कुनै बुँदा क्रियान्वयन भएका छैनन् ।

युवा सङ्गठन नेपाल जिल्ला सङ्गठन समिति अछामका सचिव कुमार क्षेत्रीको नेतृत्वमा गएका युवाहरूले प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल समक्ष ज्ञापनपत्र बुझाएर प्रसाशन कार्यालय अगाडि केही समय धर्ना बसेका थिए ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निसर्त रिहा गर, जनमतसङ्ग्रहको लागि उचित वातावरण निर्माण गर लगायतका मागहरू उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :