कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा बेलुन उडाएर एमसिसिको विरोध गरिएको छ ।सरकारले देशको राष्ट्रियता लाइ नै ओझेलमा पर्ने राष्ट्रघाती सम्झौता एमएमसी पास गर्न लागिपरेको बताउँदै यो सम्झौता कुनै पनि हालतमा पास हुन नदिन सिंगो पार्टी सशक्त रूपले संघर्षमा उत्रने युवा संगठन नेपाल सेती माहाकाली कार्यालय सचिव मनमोहन जोशीले बताए।विरोध प्रदर्शन कार्यक्रममा जिल्लाका सबै जनवर्गीय संगठनका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

कैलालीको धनगढीमा पनि राष्ट्रघाती एमसिसि बिरुद्ध बेलुन फुटाएर बिरोध प्रदर्शन गरिएको छ ।नेकपा कैलालीको गोदावरी नगर समिति र धनगढी नगर समितिले संयुक्त विरोध प्रदर्शन गरेको हो ।प्रदर्शन चौराह बाट शुरू भएर बजार परिक्रमा गर्दै पार्क मोडमा गएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई नेकपा धनगढी उपमहानगर इन्चार्ज रमेश साउँदले सम्बोधन गरेका थिए।देशका दलालहरुले नेपालका नदीनाला लगायत सम्पदालाई बेचेर आफु रजाई गरिरहेको बताउँदै अझैपनि विकासका नाममा रास्ट्रघाती एमसिसि पास गरी देशलाई साम्राज्यवादको क्रिडास्थल बनाउन खोजेको आरोप लगाए। भ्रष्टाचार र राष्ट्रघातका विरुद्धमा सङ्घर्ष गर्दै कुनै पनि हालतमा एमसिसि सम्झौता खारेज गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

कोणसभाको सञ्चालन अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष महेश पातलीले गरेका थिए ।कैलालीका टिकापुर, घोडाघोडी गौरिगङ्गा लगायत का स्थानमा समेत एमसिसि विरोधी नारा सहितका बेलुन उडाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :