नेकपा सर्लाहीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाइयो

नेकपा सर्लाहीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाइयो

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले हरिवनको कृष्ण मन्दिर चोकमा एमसीसी सम्झौता पत्र जलाएको छ ।

कोणसभामा जिल्ला सेक्रेटरी कमल सुस्लिङ, पुर्व जिल्ला सेक्रेटरी जनक राउत युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य पदम मगर ‘बिहानी’, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य किसुनदेब शर्मा, अनेरास्ववियु क्रान्तिकारीका सर्लाही जिल्ला संयोजक अर्पण पौडेल, अनेम सङ्घ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष पर्मिला लामा राउत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

एमसीसी बिरोध प्रदर्शन र एमसीसी सम्झौता पत्र जलाएपछि कोणसभा पनि गरेको थियो ।

कोणसभामा जिल्ला सेक्रेटरी कमलले सम्पूर्ण नागरिक सुकुम्बासी वर्ग सबै एकजुट भएर एमसीसी खारेजीको विरुद्धमा उठ्नु पर्ने बताए । उनले २०७६ असार ५ गते राज्यद्वारा हत्या गरिएका सहिद कुमार पौडेलको सपना पूरा गर्न आफ्नो पार्टी निरन्तर सङ्घर्समा रहेको बताए । कमलले कुमार पौडेल सुकुम्बासीहरूको ढुकढुकी रहेको र कुमारले छोडेको बाँकी कार्यभार पूरा गर्न आफ्नो पार्टी निरन्तर अगाडि बढिरहेको बताए । साथै उनले एमसीसी सम्झौता राष्ट्रको हितमा नरहेको जिकिर समेत गरे ।

त्यसैगरी जनकले सम्बोधन गर्दै एमसीसीको विरुद्ध सङ्घर्ष गर्नुपर्ने र एमसीसीको विरुद्ध थप सबै नागरिक सडकमा उत्रिन अपिल गरे । यस्तै बिचारमानले बिगतमा भएका राष्ट्रघाती सन्धिसम्झौता सबै खारेजी गरिनुपर्ने र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालमा भित्रिन दिनु नहुने बताए । उनले बरु एमसीसी नेपालमा ल्याउन चाहने राष्ट्रघातीहरूलाई नै अमेरिका तिरै पठाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :