नेकपा सर्लाहीद्वारा बरहथवा बजारमा एमसीसीविरुद्ध प्रदर्शन

नेकपा सर्लाहीद्वारा बरहथवा बजारमा एमसीसीविरुद्ध प्रदर्शन

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले बरहथवा बजारमा एमसीसीविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा सर्लाही/रौतहट जिल्ला इन्चार्ज मिसन, सर्लाही जिल्ला सेक्रेटरी कमल, युवा सङ्गठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचारमान, अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर ब्यूरो संयोजक बिहानी लगायतका नेताहरूको उपस्तिथिति रहेको थियो ।

केन्द्रीय सदस्य मिसनले देश सङ्कटमा रहेको र राष्ट्रघातीहरूलाई सडकमा ल्याउनुपर्ने बताए । उनले अबको एमसीसीविरुद्ध सबै नागरिक आन्दोलनमा आउन अपिलसमेत गरे । एमसीसीका उपाध्यक्ष फतिमा सुमार एमसीसीको दलालहरूको घरघर, कोठाकोठा घुमि हिनेकोबाट नै प्रष्ट हुन्छ कि एमसीसी राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ती ? उनले भने ।

त्यसैगरी सेक्रेटरी कमलले एमसीसी राष्ट्रघाती भएकोले खारेजी गर्नुपर्ने बताए । ब्युरो इन्चार्ज बिचारमानले केपी ओली र वर्तमान प्रधानमन्त्रीले अमेरिकाकै नागरिकता लिनु बेस रहेको बताए । साथै उनले नेपालमा बसेर नेपालको राष्ट्रियता बेच्ने छुट नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :