एमसीसीकी उपाध्यक्षलाई कालो झण्डा देखाउने नेकपाका कार्यकर्ता पक्राउ

एमसीसीकी उपाध्यक्षलाई कालो झण्डा देखाउने नेकपाका कार्यकर्ता पक्राउ

काठमाडौँः एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालो झण्डा देखाउन नेपाल कम्युनिस्ट पार्टीका ५० जनाभन्दा धेर्र कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा उत्रिएका नेकपा निकट युवा संगठन र अखिल (क्रान्तिकारी) का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर, तीनकुने, भृकटी मण्डपमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

पक्राउ पर्ने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन केसी, अखिल (क्रान्तिकारी) भक्तपुरका अध्यक्ष ललितजंग बम, उपाध्यक्ष अशोक महतरा, मदन, खगेन्द्र, सुवास लगायत रहेका छन् । नेकपाले एमसीसी परियोजना खारेज गर्नका लागि सम्पूर्ण शक्ति आन्दोलनमा केन्द्रीत गरेको छ ।

फातिमा नाय वउपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् । यसैबीच पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्