एमसीसी विरुद्ध सर्लाही र महोत्तरीमा कोणसभा सम्पन्न

एमसीसी विरुद्ध सर्लाही र महोत्तरीमा कोणसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला सर्लाहीले एमसीसी विरुद्ध कोणसभा सम्पन्न गरेको छ । कोणसभामा नेकपाका केन्द्रिय सदस्य तथा सर्लाही,रौतहट इन्चार्ज मिसन शाही, पूर्व सेक्रेटरी जनक र एनबी थापा लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य मिसनले एमसीसीले राष्ट्रलाई अहित गर्ने भएकाले कुनै पनि हालतमा दलाल राज्यसत्ताको सन्धि सम्झौता स्वीकार्य नहुने बताए । एमसीसी परियोजनामा लागेका संसद र नेताहरूलाई जनताले सामाजिक बहिष्कार गर्नु पर्ने बताए । विगतमा भएका राष्ट्रघाती सन्धि सम्झौता समेत खारेजी गर्न माग गरे ।
एमसीसी खारेजीको आन्दोलनमा सबै देशभक्त नागरिकहरुलाई निरन्तर आन्दोलनमा साथ दिन अपिल गरे । एमसीसी खारेजीको निम्ति सम्पूर्ण राष्ट्रवनदी, देशभक्त शक्तिहरु एक भएर लड्नु पर्ने बताए ।

त्यैगरी नेपाल कम्युनिस्ट पार्टी महोत्तरी जिल्लाले एमसीसी विरुद्धको विरोध कोणसभा सम्पन्न गरेको छ ।
कोणसभामा जिल्ला सेक्रेटरी पवन, युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज विचारमान अखिल (क्रान्तिकारी) का जनकपुर ब्यूरो संयोजक झलक, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रभात, अखिल नेपाल किसान महासंघका जनकपुर ब्यूरो संयोजक झमान सिंह, युवा संगठन नेपाल महोत्तरी जिल्ला संयोजक तिलकको उपस्थिति रहेको थियो ।
कोणसभामा बोल्दै किसान महासंघका नेता झमान सिंहले एमसीसी परियोजना राष्ट्रघात नै रहेको जिकिर गरे । अबको क्रान्ति र आन्दोलनको मोर्चा युवाहरुले सम्हाल्नु पर्ने बताए । अखिल (क्रान्तिकारी) का नेता झलकले एमसीसी राष्ट्रको हितमा नरहेको र खारेजीको लागि जनता सबै सडकमा आउनु पर्ने बताए ।
जिल्ला सेक्रेटरी पवनले कुनै पनि हालतमा एमसीसी खारेजी गर्नु पर्ने र एमसीसी अमेरिकाले चिनलाई गेर्ने नीति रहेको प्रष्ट पारे ।
युवा नेता विचारमानले देशभक्त युवाहरुले नै एमसीसी खारेजीको आन्दोलन युवाहरुले नै उठाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :