एमसीसी सम्झौता खारेजको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

एमसीसी सम्झौता खारेजको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषा/महोत्तरी जिल्लामा मिलियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रदर्शन सम्पन्न भएको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार धनुषा जिल्ला समितिको आयोजनामा मधेशको राजधानी जनकपुरमा जुलुशसहित विरोध प्रदर्शन सम्पन्न भएको हो ।

प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य देवनारायणले सम्बोधन गर्दै भने, ‘पुर्वजले स्वाधीन र स्वाभीमानलाई रक्षा गर्दै आएता पनि राणा शासन र सामन्तका नाइके राजतन्त्रसमेतले नेपाली जनतालाई सर्वाधीकारमाथि कुठाराघात गरेको हुदाँ यी तत्वहरूको अन्त्य भएता पनि यस ठाउँमा दलालहरूले सत्तामा पहुँच जमाउँदा कहिल्यै गुलामी नभएको देश आज एमसीसी सम्झौताका कारण देश पूर्ण उपनिवेश हुनु पुवर्जमाथिको विरता र साहसमाथि दलालमार्फत गरेको अत्याचार हो ।’

देवनारायणले अगाडि भने, ‘दश अर्बको कमिशनमा देशलाई गुलामी बनाउन पाइँदैन भनि जनमानसको बुझाई छ, हाम्रो देश र संसार हाम्रो स्वाभीमानीमाथि निर्भर छ, हाल यसको रक्षा दलाल संसदवादी व्यवस्था र सरकार नभई वैज्ञानिक समाजवादको व्यवस्थाले मात्र पुर्वजको इतिहासलाई कायम राख्न सक्छ । एमसीसीको सम्झौताले सेना प्रहरीलाई अमेरिकी पिशाचले कोर्रा लगाउँदा जनता मुकदर्शन हुने र जनतामाथि अत्याचार हुदाँ सेना प्रहरी मुकदर्शन हुने अवस्थाको सिर्जना गर्ने दलाललाई देशबाट लखेट्नु पर्छ, तसर्थ हरहालतमा एमसीसी सम्झौता खारेज हुनुपर्छ ।’

यसैगरी अर्का अतिथि महेन्द्र मण्डलले पनि मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विरेन्द्र लाल कर्णले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :