अखिल (क्रान्तिकारी) जाजरकोटको तेस्रो बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) जाजरकोटको तेस्रो बैठक सम्पन्न

जाजरकोटः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले भाद्र २१ गते जाजरकोट खलंगामा उपलब्ध सचिवालयको तेस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । संगठनका अध्यक्ष विराजन शाहीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसीको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य कमलसिंह बुढाको विशेष आतिथ्यता र नेपाल कम्युनिस्ट पार्टी जाजरकोट सचिव प्रेम बहादुर चलाउने अनन्तको उपस्तिथिमा बैठक सप्पन्न भएको हो । बैठकले असोज ६,७,र ८ गते पोखरामा हुन लागेको २२ औँ राष्ट्रिय सम्मेलन केन्द्रित निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनलाई भव्य बनाउनको लागि प्रचारप्रसारलाई तिब्रता दिने सँगसँगै संघर्षका कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।
तेस्रो पूर्ण बैठकका निर्णयहरु प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरिएको छ ।

प्रेस विज्ञप्तीको पूरा पाठ यसप्रकारको छ-

हाम्रो महान तथा विद्यार्थीहरुको सर्वप्रीय संगठन अखिल (क्रान्तिकारी) जाजरकोटको ऐतिहासिक तेस्रो बैठक संगठनका जिल्ला अध्यक्ष विराजन शाहीको अध्यक्षतामा २०७८ भाद्र २१ गते जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्लाका इन्चार्ज क.संगम आरसीको प्रमुख आतिथ्यता, संगठनका केन्द्रिय सदस्य क.कमल सिंह बुढाको बिशेष आतिथ्यता र नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका जिल्ला सेक्रेटरी क.प्रेम बहादुर चलाउने अनन्तको आतिथ्यतामा जिल्ला स्थित सदरमुकाममा राष्ट्रिय सम्मेलन केन्द्रित बैठक भव्य उत्साहका साथ सम्पन्न भयो। ऐतिहासिक तेस्रो सचिवालयको बैठकले लिएका दुरगामी र महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१. बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलन एकीकृत जनक्रान्ति लगाएत देश र जनताको न्याय, मुक्ति र स्वतन्त्रताको निम्ति आफ्नो अमुल्य जीवन बलिदान गर्ने महान सहिदहरुको उच्च मुल्यवोध गर्दै सम्मान , स्मरण र सपना पूरा गर्ने प्रतिबद्धता सहित श्रद्धाञ्जली व्यक्त गरियो।

२. संगठनको २२ औं राष्ट्रिय सम्मेलन भब्य र उत्साहका साथ सम्पन्न गर्न तयारीका लागी जिल्लामा राजनीतिक,संगनात्मक र आर्थिक अभियान सन्चालन गर्न कार्य विभाजन गर्ने निर्णय गरियो।
पश्चिम कमान क.दीपेन्द्र सिंह
क.भवानी मल्ल
क. बिमल थापा
क.बिपना सिंह
क.जीवन चन्द
पुर्व कमान क.शितल बिष्ट
क.विशाल सिंह
क.सपना सिंह

३.विद्यार्थी सदस्यता पत्र नवीकरण र बितरण कार्यलाइ निरन्तरता दिने निर्णय गरियो।

४.संगठनका संघर्ष सम्बन्धि कार्यहरूलाई निम्न विकृती ,विसङ्गती र मुद्दाहरुमा केन्द्रित गर्ने निर्णय गरियो।
क) भ्रष्टाचारका विरुद्ध
ख) महंगी तथा कालोबजारीका विरुद्ध
ग) शैक्षिक विकृति र बिसंगतिका विरुद्ध भण्डाफोर
घ) प्राकृतिक स्रोत रसाधनको दोहन विरुद्ध
ङ) लागू औषध उत्पादन , सेवन ,विक्री र वितरण विरुद्ध
च) वित्तीय संस्थाको लुटखसोट विरुद्ध
छ) विकास निर्माणमा कमसल कार्य गर्ने विरुद्ध
ज) बाल विवाह र बहुविवाह विरुद्ध
झ) अनुदानको बजेटमा अनियमितता गर्ने विरुद्ध
ञ) जातीय तथा लैङ्गगिक विभेद विरुद्ध
ट)३ बुँदे सहमति कार्यान्वयन नभएको विरुद्ध
ठ) पार्टी विरुद्ध हुने भ्रामक र प्रायोजित प्रचार विरुद्ध
ड) MCC सम्झौता विरुद्ध
ढ)सामाजिक बिकृतीका विरुद्ध
ण)बिकास निर्माण कार्यमा राज्यका निकायको ढिलासुस्तीका विरुद्ध
त)भेरी ज्ञानोदय क्याम्पसको भवन लगाएत जिल्लका सम्पुर्ण बिधालयको भवण निर्माणमा अस्तब्यस्तताको विरुद्ध

५)नेपालको विकसित राजनीतिक परिस्थितिमा विकसित पार्टी कार्यनीति ू संयुक्त प्रगतिशील सरकार , जनमत संग्रह,बैज्ञानिक समाजवाद र राष्ट्रिय सम्मेलनबारे व्यापक प्रचारप्रसार गर्ने तथा संगठनको आधिकारिक फेसबुक आइडी अखिल (क्रान्तिकारी) जाजरकोट र संगठनका नेतृत्व कमरेडहरुको सामाजिक संजाल मार्फत संगठनका सम्पुर्ण गतिविधिहरुको प्रचारप्रसार कार्यलाइ व्यापक बनाउने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :