नेकपा रुकुम (पश्चिम) गाउँ समितिको बैठक सम्पन्न

नेकपा रुकुम (पश्चिम) गाउँ समितिको बैठक सम्पन्न

रुकुम : नेपाल कम्युनिस्ट पार्टी बाँफिकोट गाउँ समिति रुकुम (पश्चिम) को पहिलो बैठक सम्पन्न भएको छ ।

पार्टी गाउँ समिति सेक्रेटरी भक्त केसीको अध्यक्षतामा बसेको बैठकमा, पार्टी जिल्ला समिति सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता तथा पार्टी सल्लाहकार समिति रुकुम (पश्चिम) का संयोजक सार्थक, पार्टी जिल्ला सचिवालय सदस्य तथा बाँफिकोट गाउँ समिति इन्चार्ज षड्कण, सचिवालय सदस्य भाष्कर मल्ल, सचिवालय सदस्य रुद्र गिरी, जिल्ला सचिवालय सदस्य तथा पार्टी कार्यालय सचिव प्रेम प्रशान्त बोहरा र जिल्ला समिति सदस्य शिवको बिशेष आतिथ्यतामा २०७८ भदौ २२ गते बाँफिकोटको छिनखेतमा सम्पन्न गरेको छ ।

बैठकमा उपस्थित जिल्ला सेक्रेटरी चन्द्रले वर्तमान राष्ट्रिय तथा अन्तर्रास्ट्रिय परिस्थिति, संसदीय व्यवस्था भित्रको अन्तरविरोध, पछिल्लो विकसित राजनीतिक परिवेशमा पार्टीले लिएको पछिल्लो कार्यनीति संयुक्त प्रगतिशील वैकल्पिक सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद र विकसित राजनीतिक परिवेशमा नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने ऐतिहासिक कार्यभार र पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठकले लिएका निर्णयहरूको व्याख्या र दृढ कार्यान्वयनको निम्ति निर्देशनसहित बैठकलाई प्रशिक्षित तथा मार्गनिर्देशन गरेका छन् ।

बैठकले महत्वपूर्ण सांगठानिक, राजनीतिक, उत्पादन, आर्थिक र जनसेवा सम्बन्धि महत्वपूर्ण निर्णयहरू लिइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :