युवा संगठन नेपाल जनकपुर ब्यूरोद्वारा आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारका विरुद्ध प्रदर्शन

युवा संगठन नेपाल जनकपुर ब्यूरोद्वारा आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारका विरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टीका सहायक संगठन युवा संगठन नेपाल जनकपुर ब्युरो अन्तर्गत सप्तरी, सिराहा, धनुषा र महोत्तरी लगायतका जिल्लाहरुमा बेरुजु विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । सप्तरीमा जिल्ला सेक्रेटरी बिमला, युवा संगठन नेपाल सप्तरी जिल्ला संयोजक मोहन कुमार राम कार्तिकले बेरुजु विरुद्ध कोण सभामा सम्पूर्ण उपस्थित युवाहरूलाई बेरुजुबारे प्रष्ट पारेका थिए ।

सिराहामा दलित मुक्ति मोर्चाका जनकपुर ब्युरो संयोजक राजु विक र युवा संगठन नेपाल जनकपुर ब्यूरो सदस्य देब र राजुले कोणसभालाई सम्बोधन गर्दै दलाल सरकारले अरबौको बेरुजु निकालेर सत्तामा रहेको स्थानीय सरकार र जनप्रतिनिधिहरुले बेरुजुबाट आफ्नो नेताकार्यकर्ता पाल्नकै लागि प्रयोग गरेको बताए ।
धनुषामा भएको विरोधसभालाई युवा संगठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज विचारमान र धनुषा जिल्ला संयोजक समीरले सम्बोधन गरेका थिए । ब्यूरो इन्चार्ज विचारमानले सम्पूर्ण नेपाली देशभक्ती, क्रान्तिकारी युवाहरु एक जुट भएर दलाल संसदिय व्यवस्थाको विरुद्ध, आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारको विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

महोत्तरीमा भएको विरोध प्रदर्शनमा जिल्ला सेक्रेटरी पवन, युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज विचारमान, अखिल (क्रान्तिकारी) का जनकपुर ब्युरो संयोजक झलक अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रभात, महोत्तरी जिल्ला संयोजक तिलकको उपस्थिति रहेको थियो ।

कोणसभामा सम्बोधन गर्दै विचारमानले भ्रष्टाचार र बेरुजुलाई मात्र रोक्नु सके लाखौं युवाहरु खाडीमा भाँडा माज्नु जान नपर्ने बताए । झलकले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारलाई रोक्नु सके दक्ष जनशक्ति युवा र विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सकिने सबै नागरिकलाई स्वास्थ्य र शिक्षा निशुल्क गर्न सकिने बताए । अबको सबै दलाल संसदिय व्यवस्थाका कारण बेरुजु, भ्रष्टाचार भएको र यसको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने र सम्पूर्ण नागरिक, युवा, विद्यार्थी एक ढिक्का भएर वैज्ञानिक समाजवादको पक्षमा अगाडि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :