युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँः युवा संगठन नेपाल, उपत्यका विशेष ब्यूरोको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर/ भक्तपुर इन्चार्ज नविन रहेका थिए भने अन्य अतिथिमा नेकपाका केन्द्रिय सदस्य बलवान र युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सदस्य दिनेश रहेका थिए।
बैठकमा बाेल्दै प्रमुख अतिथि नविनले सबै संसदवादी दल असफल हुनुको पछाडि व्यवस्था नै दोषी रहेकाले त्यसको ठाउँमा जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना आजको अपरिहार्य भएकाले युवाहरु एकीकृत जनक्रान्तिको बाटोमा अग्रभागमा भएर लड्नु पर्ने बताए । परिवर्तनकारी युवाहरुलाई आन्दोलनमा समेट्न नगर, महानगर, गाउँहरुमा फर्किन निर्देशन दिए ।

अर्का अतिथि युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेशले युवाहरूको काँधमा देश बनाउने र शहिदको सपना साकार पार्ने जिम्मा भएकाले संगठन एकताबद्घ, सुदृढ र विस्तारमा लाग्नु पर्ने बताए । राष्ट्रियता र जनजीविकाको पक्षमा संगठन अग्रभागमा रही जनताको आवाज उठाउनु पर्ने आम युवाहरुका मुद्दा संसदीय व्यवस्थाले हल नगर्ने भएकाले वैज्ञानिक समाजवाद स्थापनाका लागि प्रगतिशील संयुक्त सरकार र व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रह आजको आवश्यकता भएकाले जनमतका लागि जनतामा र आम युवामा जान संगठनलाई निर्देशन दिए । केन्द्रिय सदस्य बलवानले पनि आफ्नो भनाई राखेका थिए ।

बैठकको अध्यक्षता संगठनका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा उपत्यका विशेष ब्यूरो र ताम्सालिङ ब्यूरो इन्चार्ज सुमनले गरेका थिए । बैठकले राष्ट्रिय सम्मेलनका लागि जिल्ला बैठक तथा भेला, सम्मेलनहरु असोज मसान्तसम्म गरि सक्ने, सामाजिक विकृति, लागू औषध निषेध नियन्त्रणका लागि प्रदर्शन गर्ने, राज्यले गरेको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध २२ गते विरोध प्रदर्शन गर्ने, नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाबस्वरुप जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापान पत्र बुझाउने लगायतका केन्द्रिय कार्यक्रमलाई कार्यान्वयन गर्ने गरि महत्वपूर्ण निर्णय गर्दै बैठक काठमाडौँको गङगबुमा शनिवार सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :