डडेल्धुरामा संसदवादी दल माके र एमाले त्याग्दै दुई दर्जन कार्यकर्ता नेकपामा प्रवेश

डडेल्धुरामा संसदवादी दल माके र एमाले त्याग्दै दुई दर्जन कार्यकर्ता नेकपामा प्रवेश

डडेल्धुराः डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा माओवादी केन्द्र र एमाले पार्टी परित्याग गरी दुई दर्जन भन्दा बढी कार्यकर्ताले नेकपा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीले आयोजना गरेको पालिकाको वडा नं. ७ मा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रमको अवसरमा माओवादी केन्द्रका १३ र एमाले तर्फका १५ जना गरि जम्मा २८ जनाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका हुन् ।

अहिलेको यथास्थितिमा संसदवादी दलहरुले देशको स्वाधीनता र स्वाभिमानलाई बचाउन नसक्ने र यथास्थितिवादी चिन्तन भएका पार्टीले नेपालको राजनीतिक निकास समेत नदिने भएकाले आफुहरुले क्रान्तिको बाटो रोज्दै नेत्र विक्रम चन्द विप्लवले आह्वान गरेको एकिकृत जनक्रान्तिको पक्षमा उभिएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :