नेपाल र नेपालीमाथिको भारतीय ज्यादती विरुद्ध चितवनमा विरोध प्रदर्शन

नेपाल र नेपालीमाथिको भारतीय ज्यादती विरुद्ध चितवनमा विरोध प्रदर्शन

चितवनः नेपाल र नेपाली माथिको भारतीय ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवन र युवा संगठन नेपाल चितवनले संयुक्त रुपमा आज विरोध प्रदर्शन गरेका छ्न् ।

अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालको संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने केन्द्रिय कार्यक्रम अनुसार आज अखिल (क्रान्तिकारी) चितवन र युवा संगठन नेपाल चितवनले आज चितवनको राप्ती नगरपालिकाको भण्डारा बजारमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले नेपाल र नेपाली माथी भारतीय विस्तारवादको ज्यादतीले सिमा नाघेको भन्दै अब सम्पूर्ण देशभक्त नेपाली नागरिक व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दामाथि उठेर राष्ट्रिय स्वाधीनताका लागि लड्नु पर्ने बेला आएको बताए । उनले महाकाली नदीमा तुइन तर्दै गर्दा भारतिय एसएसबीले तुइन फुस्काइदिएर नेपाली युवा जय सिंह धामीको हत्या गरेको, नेपाली भूमिमाथी भारतीय सेनाले हेलिकप्टरले गस्ती गरिरहेको, पछिल्लो समय भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र नेपाल सरकारप्रति दिएको अभिव्यक्ति नेपाल र नेपाली अनि हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्ध भएको र त्यस प्रकारका भारतीय हस्तक्षेप र ज्यादतीविरुद्ध नेपाली जनताले निरन्तर आवाज उठाउदा पनि नेपाल सरकार मौन रहनु रहस्यमय रहेको समेत बताए ।

उनले भने, `नेपाली भूमिमाथी भारतीय ज्यादती यति बढेको छ कि जुन कुनै पनि देशभक्त नागरिकले सहनै सक्दैन । नेपाली भूमि माथी अनुमति बिना भारतिय हेलिकप्टर उडिरहेको छ, तुइन तर्दा तर्दै नेपाली नागरिकको हत्या भइरहेको छ, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको हस्तक्षेपकारी अभिव्यक्ति दिइरहेका छ्न् तर दलाल संसदीय व्यवस्थाका मतियार शेरबहादुर देउवाको सरकार र उसको गृहमन्त्रालय कान तेल हाले जसरी सुनेको नसुन्यै र देखेको नदेख्यै जस्तो गरेर बस्नु रहस्यमय देखिन्छ ।`

उनले अब सरकारले केही गर्न नसक्ने बताउँदै अब देशको राष्ट्रिय स्वधिनताको रक्षाको अभिभारा हामी युवाको काँधमा आएकोले त्यसको लागि जस्तोसुकै कदम उठाउन पनि तयार हुनु पर्ने बताए ।

कार्यक्रम युवा संगठनका केन्द्रिय सदस्य राम सेढाईले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :