नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँडबीच तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँडबीच तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल

काठमाडौँ : तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पाटीबीच भएको तीन बुदेँ सहमति कार्यान्वयनका विषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका नेताकार्यकर्ताहरु रिहाईको बिषयमा अघिल्लो सरकारसँग भएको सहमतिप्रति चासो व्यक्त गरेका छन् । शुक्रबार अपरान्ह भएको उक्त भेटमा प्रवक्ता प्रकाण्डले सरकारसँग तिन बुदेँ सहमति भएको लामो समय वितिसक्दा पनि आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकोले तत्काल रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्री खाँडलाई आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनको विषयमा सकारात्मक प्रक्रिया व्यक्त गरेका छन् । गृहमन्त्रीले खाँडले नेकपाका नेताकार्यकर्ता रिहाई गर्ने प्रक्रिया अघि बढिरहेको बताउँदै यो कार्यलाई छिट्टै टुंगोमा पु¥याउने प्रक्रिया जारी रहेको बताए ।
यस्तै अर्को बिषयमा प्रवक्ता प्रकाण्डले भारतिय पक्षको कारण दार्चुलामा तुईन घटना भएको स्मरण गराउँदै सरकारद्वारा गठित छानबिन समितिले समेत भारतीय एसएसबीकै कारण जयसिंह धामी महाकाली नदिमा खसेर बेपत्ता भएको किटानी गर्दै प्रतिबेदन बुझाई सकेको अवस्थामा दोषीलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कार्बाही गराउन र धामीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री खाँडले उक्त बिषयमा आफु गम्भीर भएको बताएका थिए । यस्तै प्रवक्ता प्रकाण्डले एमसिसि सदनबाट पारित गर्न कोसिस भईरहेको भन्ने संचार माध्यममा भै रहेका चर्चाको बारेमा गृहमन्त्री खाँडको ध्यानाकर्षण गराएका थिए ।
प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँडबीच भएको उक्त भेटवार्तामा देशको जटिल राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको बताइएको छ । भेटवार्तामा देशको राजनीति दिनप्रतिदिन जटिल र गम्भीर बन्दै गएकोले यसको अग्रगामी समाधान खोज्नु आवश्यक भएको बिषयमा छलफल गर्दै यसको निम्ति सरकार र नेकपा निरन्तर छलफल जुट्ने सहमतिसमेत भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :