१७ सदस्यीय जिल्ला समिति चयन गर्दै जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको भेला सम्पन्न

पेशागत सुरक्षा र अधिकारका लागि संघर्ष गर्ने

१७ सदस्यीय जिल्ला समिति चयन गर्दै जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको भेला सम्पन्न

जनपत्रकार संगठन नेपाल कञ्चनपुरको प्रथम भेला गणेश एसकेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न अहिले देशै भरी जनपत्रकार संगठन नेपालले जिल्ला र प्रदेशका भेला धमाधम गरिरहेको हो।

नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर सचिव तथा प्रमुख अतिथि  जीवनले भेलालाई सम्बोधन गर्दै राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्र ओझेलमा परेको बताउँदै स्वच्छ र निष्पक्षता सहितको जनपत्रकारिता अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन ।उनले आफ्नो पार्टी र नेपाल सरकार बिच सम्पन्न तीन बुँदे सहमतिलाई प्रतिक्रियावादीहरुले गलत ढंगले  भ्रम छरेको र भ्रमलाई चिर्दै जनपत्रकारहरुले सत्यतथ्य कुरा जनतासामु पुर्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि  जनमत तयार गर्न समेत पत्रकारिता क्षेत्र बलियो माध्यम रहेको पनि उनको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा जनपत्रकार संगठनका सुदुर पश्चिम संयोजक प्रकाश थापाले पत्रकारिता क्षेत्र आफैमा एउटा जिम्मेवार निकाय रहेको बताउँदै  उन्नत र सभ्य समाजको अभियानकर्ता पनि रहेको बताए । समग्र सञ्चार क्षेत्र दलाल र पुँजीपतिको नियन्त्रणमा रहेको बताउँदै  समाजमा रहेको असमानताको अन्त्य गर्दै समानता सहितको समृद्ध समाज निर्माण गर्न जनपत्रकारहरूले नेतृत्व लिनुपर्ने उनको भनाई थियो।
भेलामा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी,जिल्ला पार्टीका न्याय विभाग प्रमुख खडक सिंह धामी , भीमदत्त नगर सचिव दीपेन्द्र ऐरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने युवा संगठन  नेपाल कञ्चनपुर अध्यक्ष वीरेन्द्र जोशी , आर्थिक विभाग प्रमुख राम भट्ट लगायतले बधाई मन्तव्य दिएका थिए । नवनिर्वाचित अध्यक्ष ले संगठनले दिएको जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्ने वर्तमान परिस्थिति पत्रकारिता क्षेत्रमा भएका विकृति विसंगतिको विरुद्ध र पत्रकारहरूको पेशागत सुरक्षा र अधिकारका क्षेत्रमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

जनपत्रकार संगठन नेपाल कञ्चनपुर संयोजक गणेश एस केको अध्यक्षतामा सम्पन्न भेलामा  नेकपा कञ्चनपुरका आर्थिक विभाग प्रमुख राम भट्ट, कार्यालय सचिव  भुवन कुँवर,युवा संगठनका अध्यक्ष वीरेन्द्र जोशी, पत्रकार महासंघ कञ्चनपुर जिल्ला अध्यक्ष माधव धामी, सुदुर दर्पणको प्रकाशक भास्कर केसी, जनता टेलिभिजनका प्रतिनिधि धर्मराज कठायत, लिपुलेक खबरका सञ्चालक दिनेश महरा लगायत अन्य जिल्लाका पत्रकारहरु तथा जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त भेलाले गणेश एसकेको नेतृत्वमा उपाध्यक्ष राजेन्द्र कुमार विसी, सचिव अनमोल बिष्ट,कोषाध्यक्ष लक्ष्मी थापामगर, सह सचिव प्रतीक थापामगर , सरोज जोशी, प्रकाश लोहार, सुनिल राना, सुदिप राना , मुकेश बडुवाल , रमेश मल्ल ,भूपेन्द्र भण्डारी, सपना सुनार, कमला बिक,टेक बहादुर थापा लगायतका सदस्यहरू रहेको १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :