डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको वडा भेला

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको वडा भेला

डोटी : नेपाल कम्युनिष्ट पार्टी डोटीले पूर्वीचौकी गाउँपालिका वडा न.६ गाजरीमा वडा भेला सम्पन्न गरेको छ। उत्तम थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गर्दै भेला सम्पन्न भएको हो ।

भेलामा बोल्दै नेकपा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउँदले वर्तमान सरकार र यसका पदाधिकारीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा महालेखापरिक्षकको प्रतिवेदनमा सार्वजनिक गरिएको सबै स्थानिय निकायको वेरुजुले पनि देखाएको बताउँदै भ्रष्टाचारको अन्त्यको लागि संघर्ष गर्नुपर्ने आवश्यकता भएको बताए ।दलाल संसदीय व्यवस्थाको अन्त्यको अनिवार्यता देखिएको उल्लेख गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि सम्पूर्ण जनसमुदायहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

उत्तम थापाको अध्यक्षतामा सम्पन्न भेलामा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउद प्रमुख अतिथि रहेका थिए भने युवा संगठन नेपाल पूर्वीचौकीका नेता गणेश भण्डारी अतिथि रहेका थिए। भेलाको सञ्चालन गाउँपालिका सेक्रेटरी छत्र साउँदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :