नेकपा रुपन्देहीद्वारा पाँच दिने संयुक्त स्कुलिङ उद्घाटन

नेकपा रुपन्देहीद्वारा पाँच दिने संयुक्त स्कुलिङ उद्घाटन

 

बुटवलः नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले गाउँ÷नगर अन्तर्गत सैनामैना नगरपालिका, कन्चन गाउँपालिका र गैडहवा गाउँपालिकाको पाँच दिने संयुक्त स्कुलिङ कार्यक्रम उद्घाटन गरेकोे छ । बुधबार नेकपा रुपन्देहीको आयोजनामा उक्त स्कुलिङ कार्यक्रम उद्घाटन भएको हो ।

नेकपा रुपन्देही जिल्ला सेक्रेटरी तथा कार्यक्रमका प्रमुख अतिथि विश्वासले वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्न र पार्टीका नेताकार्यकर्ताको वैचारिक स्तर वृद्धि गर्न उक्त कम्युनिस्ट पार्टी स्कुल महत्वपूर्ण रहेको बताए । उनले सरकारसँग भएको तीन बुँदे सहमति पश्चात् शान्तिपूर्ण रुपमा जनतालाई प्रशिक्षित पारेको र आफ्ना वैज्ञानिक समाजवादी कार्यक्रम, योजनाहरू जनतामाँझ लगेको बताए । उनले दलाल संसदीय व्यवस्था विरुद्ध पार्टीले शान्तिपूर्ण रुपमा सङ्घर्षका कार्यक्रमहरू विकास गरेको पनि बताए ।

अखिल नेपाल जनसांस्कृति महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले कम्युनिस्ट पार्टी सदस्यका लागि कम्युनिस्ट स्कुलिङ अपरिहार्य भएको बताए । उनले पार्टीले विकास गरेको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षमा राजनैतिक वातावरण तयार गर्न सबैलाई अपिल गरे ।

कार्यक्रममा सहिद परिवारकी तुलसा पाण्डे, माया काउचा लगायत सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, कन्चन गाउँपालिकाबाट ३ दर्जन कार्यकर्ताको सहभागी रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्कुलिङ कार्यक्रम पाँच दिनसम्म संचालन हुने बताइएको छ ।
उद्घाटन कार्यक्रमको अध्यक्षता नेकपा कन्चन गाउँपालिका र गैडहवा गाउँपालिका सेक्रेटरी नवीन, स्वागत जिल्ला सदस्य प्रेम चौधरी र संचालन सैनामैना नगर सेक्रेटरी वर्षाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :