नेकपा नवलपरासीको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा नवलपरासीको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी नवलपरासी जिल्लाको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य भिमले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बताए । दलाल पुजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमत संग्रहमार्फत व्यवस्था चुन्न पाउनु पर्ने पनि बताए ।
कार्यक्रममा सहभागीहरुलाई वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति, दलाल पुजीवादी संसदीय पार्टी असफलता बारेमा पनि प्रशिक्षित पनि गरे।

केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ध्रुबले राजनीतिक प्रशिक्षण दिदै जनसंगठनबाटै पार्टी निर्माण हुने भएकोले जनवर्गिय संगठन निर्माणलाई अगाडि बढाउदै जाने बताए । संगठन सानो हुँदैमा केही हुदैन मजबुत र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्छ उनले भने उपयुक्त समयमा सहि निर्णयमा ३ बुद्दे सहमति भएको बताउदै कार्यकर्तालाइ आग्रह गरे एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडी बढाउदै जाने र विभिन्न किसिमका भ्रमका पछाडि नलाग्न अपिल गरे।

राजनीतिक संवादको सवाधानका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गरि जनमत संग्रह गर्ने पार्टीको कार्यनीति हो त्यसैले व्यवस्था चुन्ने अधिकार जनतालाई नै दिनुपर्ने बताए । एमसीसीको संशक्त रुपमा संघर्ष गर्दै जानुपर्ने पास नहुन नदिन जनतामाझ भन्डाफोर गर्नुपर्ने आव्हान गरे।

कार्यक्रमको अध्यक्षता जिल्ला सचिव धिरजले गरेका थिए भने कार्यक्रमको संन्चालन पार्टीको जिल्ला सदस्य प्रताप गरेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य भिम, नवलपरासीरनवलपरासी इन्चार्ज ध्रुब, नवलपुर युवा अध्यक्ष अभिनास, सहिद परिवार सदस्य लगायत पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :