दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्यः कञ्चन

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्यः कञ्चन

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला `कञ्चन`ले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको बताएका छन् ।

बुधबार कालिकोटको सदरमुकाम मान्ममा जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कञ्चनले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गरे ।

नेता कञ्चनले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो नेता र सरकार बने पनि नेपालमा जनताले अनुभूति हुने गरि परिवर्तन नहुने बताए । उनले जनताले अनुभूति हुने गरि परिवर्तनका लागि जनमतसंग्रह गरी नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा राखे ।

नेता कन्चनले प्रशिक्षणका क्रममा राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, दर्शनशास्त्र, सैन्य विज्ञान, एकीकृत जनक्रान्तिको कार्यदिशा र विज्ञान प्रविधिको विकासका विषयमा प्रष्ट्याएका थिए ।
प्रशिक्षण कार्यक्रममा नेकपाका नेता एटम बिसीले पार्टी क्रान्तिकारी नभएसम्म क्रान्ति विजय नहुने बताए । उनले त्यसका लागि पार्टी कार्यकर्तालाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विराट, युवा जनस्वयंसेवकका भुकम्प र जिल्ला पार्टी सल्लाहकार समिति संयोजक समग्रको समेत आतिथ्यता रहेको थियो ।
जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य साहसीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा जिल्ला भरका दुई सय बढी अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :