नेकपा काठमाडौँ महानगरद्वारा २८ र २९ मा वडा कमिटी गठन

नेकपा काठमाडौँ महानगरद्वारा २८ र २९ मा वडा कमिटी गठन

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समिति अन्तर्गत वडा नं. २८ र २९ को वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत आज काठमाडौँ महानगर समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको महानगर समितिले जनाएको छ ।

महानगर समिति सदस्य अदृश्यको अध्यक्षता र सञ्चालनमा सुरु भएको कार्यक्रमको प्रमखु आतिथ्यता नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा काठमाडौँ महानगर समितिका इन्चार्ज अविरलले गरेका थिए । करिब ३ दर्जनको भव्य उपस्थितिमा सुरु भएको कार्यक्रममा अभियानले स्वागत मन्तव्य राखेका थिए भने नेवा मुक्ति मोर्चा काठमाडौँका अध्यक्ष तथा महानगर समिति सदस्य दिपक मानन्धर र महानगर समिति कार्यालय सचिव संघर्षले शुभकामना मन्तव्य राखेका थिए ।

भेलाले अभियानको नेतृत्वमा वडा नं. २८ को १५ सदस्यीय र निमाको नेतृत्वमा वडा नं. २९ को १५ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ । संगठित सम्पूर्ण कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि अविरलले खादा र अविर लगाई भव्य स्वागत गरेका थिए । साथै प्रमुख वक्ताको रुपमा इन्चार्ज अविरलले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्ने पछिल्लो कार्यनीति प्रगतिशिलहरुको संयुक्त सरकार, संयुक्त सरकारको नेतृत्वमा जनमत संग्रहबारे विभिन्न कोणबाट व्याख्या, विश्लेषणसहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।


नेता अविरलले नेपाल र नेपाली जनताका तमाम खाले समस्याको हल गर्न सक्ने एक मात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी रहेकोले आम जनता र सम्पूर्ण पार्टी पंक्तिले एकढिक्का भएर क्रान्तिको पक्षमा उभिनु पर्ने बताए । नेपाली जनताहरु हरेक समयमा क्रान्तिको पक्षमा उभिएता पनि क्रान्तिको नेतृत्व वर्गले जहिल्यै क्रान्तिलाई सम्झौतामा टुंगाइदिने गरेका कारण नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको उनले जिकिर गरे । लगभग विजयको सन्निकट पुगेको माओवादी आन्दोलन पनि प्रचण्ड बाबुरामले बेचि खाएकै कारण आफ्नो पार्टीले ठुलो चुनौति मोलेर क्रान्तिको झण्डा उठाएको भन्दै दलाल संसदीय व्यवस्थाका नाइकेहरुले दिन खोजेका प्रलोभन, अवसर र धम्किलाई रद्धीको टोकरीमा सजाएर अघि बढेको पार्टी र नेतृत्वले जनतालाई कुनै पनि हालतमा धोखा नदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :