नेकपा दोलखाद्वारा कालिञ्चोकको मलेपुमा प्रशिक्षणसहित वडा भेला सम्पन्न

नेकपा दोलखाद्वारा कालिञ्चोकको मलेपुमा प्रशिक्षणसहित वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तरगत कालिञ्चोक गाउँपालिका वडा नं. ८ मलेपुको प्रशिक्षणसहित वडा भेला सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न भेलाले कैलाश मगर सक्रेटरी रहेको ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । सोही भेलाबाट गिता खड्काको नेतृत्वमा ३ सदस्यीय महिला वडा कमिटी गठन गरिएको छ ।

त्यैगरी पुष्कल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय युवा संगठन वडा कमिटी गठन गरिएको छ । टीका बहादुर माझीको नेतृत्वमा ७ सदस्यीय किसानको वडा कमिटी गठन गरिएको छ र विद्यार्थी संगठनमा निराजन मगरलाई वडा संयोजक तोकिएको छ । भेलामा प्रशिक्षण दिदै प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी आकश शर्माले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यन्वयन वैज्ञानिक समाजवादको लागि जनमत संग्रह गर्नुपर्ने बताए । भेलाका सहभागीलाई प्रशिक्षणसहित नव गठित कमिटीलाई शुभकामाना दिए ।

अर्का अथिति पार्टीका जिल्ला समिति सदस्य सोम पाख्रिनले नव गठित कमिटीलाई प्रशिक्षण, बधाई तथा शुभकामना दिदै जनमतसंग्रहको लागि सबै जनता लागि पर्नुपर्ने बताए । भेलाको सञ्चालन जिल्ला समिति सदस्य राजकुमार लामिछानेले गरेका थिए । उनले नवगठित कमिटीलाई प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै प्रशिक्षित गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :