नेकपा बुढानिलकण्ठ नगर समितिद्वारा बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

नेकपा बुढानिलकण्ठ नगर समितिद्वारा बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं  अन्तरगत बुढानिलकण्ठ नगर समितिको आयोजनामा बिदाई तथा विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका कन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला लामाको प्रमुख आतिथ्यमा भएको बिदाई तथा स्वागत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ध्रुवीकरणमा आउने २७ जनालाई लामाले स्वागत गरेका छन् ।

कार्यक्रममा नेकपाका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सिनारायण, नेवाःमुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन र अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौं जिल्ला संयोजकको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै राजकुमार खड्काले संसदीय व्यवस्थाको भासमा डुबेका अन्य दलबाट जनता निरासा भएकाले अब नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्त पार्टीले मात्र जनताको समस्या हल गर्न सकिने आसा र भरोसाको केन्द्र बनेको बताए । त्यही भएर आफू पनि यो पार्टीमा समाहित भएको मन्तव्य राखे ।

कार्यक्रममा स्वागत मन्तव्य दिप उत्थानले गरेका थिए भने कार्यक्रमको संचालन बेदुकाजी घिमिरे र सभापति बुढानिलकण्ठ नगरका इन्चार्ज हरि खड्काले गरेका थिए ।


उक्त कार्यक्रम समापन पश्चात् नेकपाका पूर्व जिल्ला कमिटी सदस्य माधव न्यौपानेका ममतामयी आमाको श्रद्धाञ्जली सभामा काठमाडौं जिल्ला इन्चार्ज, सेक्रेटेरीसहित नगर कमिटीहरु सरिक भएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :