नेकपा त्रिवेणी गाउँपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा त्रिवेणी गाउँपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी त्रिवेणी गाउँपालिका कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।  बैठकको अध्यक्षता गाउँपालिकाका सेक्रेटरी सोमपालले गरेका थिए भने बैठकलाई पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बिश्व, जिल्ला सेक्रेटेरी चन्द्र, जिल्ला सचिवालय सदस्य एवं गाउँपालिका इन्चार्ज छवि र अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष प्रेम प्रशान्त लगायतका नेताहरूले प्रशिक्षण दिएका थिए ।

बैठकले संगठनात्मक, निर्माणात्मक, उत्पादनात्मक अभियानहरू अभियानात्मक ढङ्गले संञ्चालन गर्ने समाजिक विकृति विसंगति, बेरोजगारि, भ्रष्टाचार, महंगी, लागुअौषध दुर्ब्यसनका बिरूद्व संघर्ष गर्ने, लघुबित्तिय संघसंस्थाहरूले गरेका बेतिथिका बिरूद्व पनि संघर्ष गर्ने निर्णय गरेको छ । साथै पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी कार्यक्रमबारे जनतामा थप स्पष्ट पार्न जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत घरदैलो, भेटघाट अभियान संञ्चालन गर्ने र आन्तरिक पार्टी पंक्तिलाई सशक्त बनाउन स्कुलिङ, प्रशिक्षण संञ्चालन गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :