दोलखामा ठाकुर खड्काको नेतृत्वमा ४ जना नेकपामा प्रवेश

दोलखामा ठाकुर खड्काको नेतृत्वमा ४ जना नेकपामा प्रवेश

दोलखामा अन्य पार्टी परित्याग गरी ठाकुर खड्काको नेतृत्वमा ४ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर २ का नेकपा एमालेको गाउँ पार्टीमा संगठित ठाकुर खड्काको नेतृत्वमा ४ जनाले उक्त पार्टी परित्याग गरी नेपाल कम्युुनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनले नेकपा एमाले आफ्नै इगो, अहमता, भ्रष्टाचार र दलालीमा ग्रसित भएर अगाडि बढेकोले उक्त पार्टी परित्याग गरी नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीले श्रमजीवि जनताको एजेण्डालाई अगाडि बढाएकाले सिद्धान्त र व्यवहारलाई मन पराउदै आजैका मितिबाट नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रदै यस पार्टीमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :