अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, खोटाङले सुर्यज्योति आधारभूत विद्यालय, हलेसि तुवाचुङ नगरपालिका –८, धितुङ तीनसल्लेले प्रकाशित गरेको विज्ञापनलाई बदर गरि शिक्षा नियमावलीलाई कार्यान्वयन गर्दै पुनः निष्पक्ष र मूर्त विज्ञापन खुलाउन जोडदार माग गरेको छ । जिल्ला संयोजक निराजन किराँतीले सोमबार प्रेस विज्ञप्तिमार्फत शिक्षकको विज्ञापनमा शिक्षा नियमावलीलाई नै वाईपास गर्दै अध्यापन अनुमति पत्र (लाईसेन्स) बिना नै रिक्त रहेको शिक्षक कोटामा आवेदन दिन पाउने गरी सूचना सार्वजानिक गरिएको भन्दै खाली रहेको शिक्षक कोटा राहत, करार निजि आदि के हुन् ? त्यो समेत प्रष्ट नपारि अमूर्त ढङ्गले विज्ञापनको तोक लगाई गणित र विज्ञान विषयको प्रमाण पत्रको प्राथमिकताले अन्य विषयको विद्यार्थीलाई प्रवेश गर्ने बाटो नै बन्द गरि खुल्ला प्रतिस्पर्धाको दायरालाई नियन्त्रित गरेको घटनाका साथै जिल्लाभरि हुने तमाम शैक्षिक विकृतिविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

जिल्ला संयोजक निराजन किराँतीले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान नेपाली राजनीति र यसको अवयवको रुपमा रहेको हाम्रो समाज र समाजको विभिन्न खाले समस्याको जड्ताको नाङ्गो रुप छर्लङ्गै देखिन्छ । मुलभूत रुपमा राजनैतिक सङ्कट र अन्यौलमा बैचन्यता छाएपछि समाजको तल्लो तहसम्म यसको असर पुग्छ नै । यस प्रकार समाजका विभिन्न नकारात्मक विकृति विसङ्गतिविरुद्ध हाम्रो सङ्गठन सङ्घर्षरत रहेको सबैलाई अवगत नै छ ।’

संयोजक किराँतीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यसै सन्दर्भमा सुर्यज्योति आधारभूत विद्यालय, हलेसि तुवाचुङ ्नगरपालिका –८, धितुङ तीनसल्लेले प्रकाशन गरेको शिक्षकको विज्ञापनमा शिक्षा नियमावलीलाई नै वाईपास गर्दै अध्यापन अनुमति पत्र (लाईसेन्स) बिना नै रिक्त रहेको शिक्षक कोटामा आवेदन दिन पाउने गरी सूचना सार्वजानिक गरिएको छ । यस विज्ञापनले खाली रहेको शिक्षक कोटा राहत, करार, निजि आदि के हुन् ? त्यो समेत प्रष्ट नपारि अमूर्त ढङ्गले विज्ञापनको तोक लगाईएको छ । यसको साथै गणित र विज्ञान विषयको प्रमाण पत्रको प्राथमिकताले अन्य विषयको विद्यार्थीलाई प्रवेश गर्ने बाटो नै बन्द गरि खुल्ला प्रतिस्पर्धाको दायरालाई नियन्त्रित गरेको छ । यस घटना र तथ्यले आम नागरिकमा जर्वजस्त प्रश्न खडा गरेको छ । यस घटनाका साथै जिल्लाभरि हुने तमाम शैक्षिक विकृतिविरुद्ध हाम्रो सङ्गठन लड्न तयार रहेको पनि स्पस्ट पार्न चाहन्छौँ ।

जिल्ला संयोजक किराँतीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘अन्तमा प्रकाशित विज्ञापनलाई बदर गरि शिक्षा नियमावलीलाई कार्यान्वयन गर्दै पुनः निष्पक्ष र मूर्त विज्ञापन खुलाउन जोडदार माग गर्दछौँ । अन्यथा यस घटनाबाट सिर्जित सम्पूर्ण क्षतिको जिम्मेवार सम्वन्धित निकाय हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :