जनगणतान्त्रिक सम्पर्क मञ्च नेपालको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति नेपालको कार्यालय टिमको बैठक सम्पन्न भएको छ ।

बैठकको अध्यक्षता जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंहले गरेका थिए भने प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ रहेका थिए ।

बैठकमा कार्यालय टिमका पदाधिकारीहरूले सङ्गठन विस्तार र लकडाउनभित्र परेको समस्याहरूको रिपोर्टिङ गरेका थिए ।

प्रमुख अतिथि उपस्थित भएको बैठकले स्कुलिङ र पशिक्षण गर्ने, साधरण शाखा र केन्द्रीय समितिको बैठक राख्ने, सङ्गठन विस्तार तिब्र रूपमा लैजाने, जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समाजको नविकरण प्राविधिक कारण हुनसकेको थिएन त्यसलाई पनि नविकरण गर्ने र सम्पर्क मञ्चले आफैँ नै अनलाइन मिडिया चलाउने निर्णय गर्दै सम्पन्न भएको थियो । साथै लामो समयसम्म कोरोना पोजेटिभ भई कोरोनालाई जित्नु भएकोमा प्रमुख अतिथिलाई कार्यालय टिमले बधाई तथा अझ स्वास्थलाभको कामना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :