राज्य सत्ता कमजोर भयो भने बाहिरी शक्ति हावी हुन्छन्: नेता पुन

राज्य सत्ता कमजोर भयो भने बाहिरी शक्ति हावी हुन्छन्: नेता पुन

भारत को गास्कु पाङ्ला जोड्ने व्यास गाउँपालिका वडा नम्बर २ मालगाडस्थित महाकाली नदीमा भारतीय सिमा सुरक्षा बल ले तुइन काटेर जय सिंह धामी महाकालीमा साउन १५ गतेबाट बेपत्ता भएका थिए।उक्त घट्नालाई लिएर नेपाल कम्युनिष्ट पार्टीले देशभर संघर्ष का कार्यक्रम गरिरहेको थियो।

सिमा सुरक्षा र सीमावर्ती जनताका समस्या लाई छलफल गर्दै समस्या समाधानका लागि पहल गर्न नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले भाद्र २ गते तुइन घटना र राष्ट्रियताको सवाल मा अन्तरक्रिया कार्यक्रम गरेको थियो। उक्त कार्यक्रम मा बोल्दै नेता पुन ले भनेका थिए ”राष्ट्रियता भनेको हाम्रो आत्मसम्मान,अस्तित्व को कुरा हो” अस्तित्वको लडाईमा सरकारलाई पार्टीले सहयोग गर्ने समेत उनले बताए । राज्य सत्ता कमजोर भए बाहिरी शक्ति हावी हुने र यसको परिणाम सबै ले भोग्नु पर्ने भन्दै समस्या समाधान मा सरकार लाइ बेलै मा पहल गर्न समेत उनले आव्हान गरे ।

घट्ना को विषयमा नेता पुनले दर्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र प्रहरी नायव उपरीक्षक मनोहर भट्ट सँग छलफल गरेका छन्। घट्ना को उचित छानविन सहित दोषीलाई कार्वाहीका लागि सरकार ले चाँडै प्रक्रिया अगाडि बडाउनु पर्ने उनले बताए। साथै नेता पुन ले डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल सँग पनि सिमावर्ति क्षेत्र र राजबन्दिहरुका विषयमा छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :