नेकपा पाल्पाको तिनाउ गाउँको अध्यक्षमा खड्का निर्वाचित

नेकपा पाल्पाको तिनाउ गाउँको अध्यक्षमा खड्का निर्वाचित

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाको तिनाउ गाउँ भेला सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले मदन खड्काको नेतृत्वमा १५ सदस्यीय तिनाउ गाउँ कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेकपाका पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिमा गोलबन्द हुनका निम्ति सबैलाई आह्वान् गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । यस्तै नेकपा पाल्पा सेक्रेटरी प्रभातले एमसीसी जस्ता राष्ट्रघाती सम्झौता खारेजीका निम्ति एकजुट भएर सङ्घर्ष गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :