चर्को मिटर व्याज नलिन र लिएको व्याज फिर्ता गर्न नेकपाको अनुरोध

चर्को मिटर व्याज नलिन र लिएको व्याज फिर्ता गर्न नेकपाको अनुरोध

रुकुम पश्चिम : जिल्लामा मिटर ब्याजीहरूले जनताबाट बेरोजगारीको फाईदा उठाउँदै चर्को मिटर ब्याज लिन थालेपछि नेपाल कम्युनिस्ट पार्टी मुसिकोट नगर समितिले चर्को मिटर ब्याज लिने कार्य गैर कानुनी भएकाले तत्काल रोक्न र लिएको ब्याज फिर्ता गर्न अनुरोध गरेको छ । नेकपा रुकुम पश्चिम नगर समिति सेक्रेटरी घमण्ड महर ‘शाहिन्सा’ ले प्रेस विज्ञप्तिमार्फत राजनीतिक पार्टीको आडमा भ्रष्टाचार, घुसखोरी, ठगी धन्दा चलाई गरिब जनतालाई लुट्न र ढाड सेक्ने काम भइरहेकाले महँगी कालो बजारीले आम जनता समस्यामा परेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘समाजमा धेरै पुँजी सङ्कलन गर्ने होडबाजी चलेकाले राजनीतिक पार्टीको आडमा भ्रष्टाचार, घुसखोरी, ठगी धन्दा चलाई गरिब जनतालाई लुट्न र ढाड सेक्ने काम भइरहेकाले महँगी कालो बजारीले आम जनता समस्यामा परेका छन् । समाजमा बेरोजगारीका कारण तत्काल समस्या टार्न सुन तथा जिन्सी समान धितो राख्दै चर्को मिटर ब्याजले जनता समस्यामा परेको अबस्थामा बजारका केही व्यवसायीले समस्याको फाईदा उठाउँदै महँगो मिटर ब्याजमा जनता ठग्ने धन्दा चलाएको भन्दै यस्तो गैर कानुनी कार्य तत्काल रोक्न र लिएको महँगो ब्याज फिर्ता गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :