नेकपा दाङद्वारा मुक्ति पुनको श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा दाङद्वारा मुक्ति पुनको श्रद्धाञ्जली सभा सम्पन्न

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिकाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । जनयुद्धका महान सहिद बुद्धिमान पुन लक्ष्मणका माइलो छोरा १९ वर्षिय मुक्ति पुनको श्रावण २८ गतेका दिन बिसालु सर्पले टोकेर मृत्यु भएको थियो । मृतक मुक्ति पुन मगरको श्रद्धाञ्जली कार्यक्रम नेकपा राप्ती गाउँपालिकाले भालुबाङमा गरेको जनाएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य विक्रमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मृतकका ठूलो बुवा नेकपाका दाङ जिल्ला सदस्य भिमप्रकाश पुन, ठूलो आमा बिसपुरा पुन, नेकपा गढवा राजपुर गाउँपालिका इन्चार्ज सुरज, अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सहसचिव धनिराम घर्ति, नेकपा दाङका नेता यक्ष कुमाल, रोल्पाली एकता समाजका अध्यक्ष तथा पूर्व जनमुक्ति सेना नेपालका बटालिएन भीसी हिमाल, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य रविनको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य विक्रमले मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए।नेता बिक्रमले महान सहिद बुद्धिमान पुनले क्रान्तिकारी आन्दोलनमा निर्वाह गरेको अतुलनीय भूमिकाको स्मरण गर्दै वर्ग संघर्षमा समग्र परिवारले देश र जनताको लागि मुक्ति युद्धमा सहभागी भएको बताएका थिए । नेता विक्रमले क्रान्तिकारीहरु मृत्युुपछि पनि अमर रहने भन्दै सहिदले देखेको सपना पूरा गर्न आफूहरु फेरि खरानी हुन तयार भएको बताए । उनले हिजोका कमान्डरहरुले धोका दिएपनि आफूहरु निरन्तर देश र जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिको महाअभियानमा दृढताका साथ अघि बढिरहेको बताए ।

श्रद्धाञ्जली कार्यक्रममा रोल्पाली एकता समाजका अध्यक्ष जित बहादुर घर्ती र मृतकका दाजु कृष्ण पुनले पनि बोलेका थिए ।


कार्यक्रममा रोल्पाली एकता समाजले मृतक परिवारलाई नगद रु. ५ हजार सहयोग गरेको थियो भने कार्यक्रमपछि श्रद्धाञ्जली व्यक्त गर्न मृतकको घरमा पुगेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले घरायसी खर्च स्वरुप रु.१२ हजार सहयोग गरेका थिए।
श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता नेकपा राप्ती गाउँपालिका इन्चार्ज हेमन्तले गरेका थिए भने सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :