अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको २७ औं जिल्ला सम्मेलन आयोजक समितिको बैठक सम्पन्न भएको छ ।  मुसिकोटमा शनिबार संगठनका संयोजक प्रेम प्रशान्त बोहराको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका सेक्रेटरी चन्द्रबहादुर बुढा रहेका थिए । त्यसैगरी बैठकमा पार्टीका जिल्ला सचिवालय सदस्य मोतीराम खड्का, युवा संगठन नेपाल रुकुम पश्चिमका चौथो जिल्ला सम्मेलन आयोजक समिति संयोजक विवेक विश्वकर्माको आतिथ्यता रहेको थियो ।
प्रथम बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरी प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।

बैठकले आगामी असोज १५ गतेभित्र सम्पूर्ण नगर तथा गाउँ स्तरीय भेला, बैठक तथा प्रशिक्षणहरु सम्पन्न गर्ने, जिल्ला स्तरीय ५ दिने स्कुलिङ संचालन गर्ने तथा निजीकरण र व्यापारीकरणले लपेटिएको वर्तमान शैक्षिक र स्वास्थ्य क्षेत्र र राष्ट्रियकरणको अनिवार्यता विषयक जिल्ला स्तरीय अन्तरक्रिया संचालन गर्ने निर्णय गरेको छ ।

बैठकबाट सम्मेलन आयोजक समितिको पुनर्गठन गरी २७औं जिल्ला सम्मेलन आयोजक समिति सोम्पाल कामीको नेतृत्वमा ३५ सदस्यीय रहने निर्णय गरिएको छ ।

त्यस्तै संगठनका सबै गतिविधिहरु २७औं जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक बनाउनमा केन्द्रित गर्ने, कोभिड १९को संक्रमण न्यूनीकरण हुँदै गएपछि जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरूमा संगठन सुदृढ र विस्तार गर्ने तथा सम्मेलनका कामकाजलाई सहज, सरल र व्यवस्थित गराउन विभिन्न विभाग गठन गर्ने निर्णय गरेको छ ।
प्रेस विज्ञप्तीको पूरा पाठ

हाम्रो महान तथा विद्यार्थीहरुको सर्वप्रिय संगठन अखिल (क्रान्तिकारी) रुकुम पश्चिम २७ औं जिल्ला सम्मेलन आयोजक समितिको ऐतिहासिक प्रथम बैठक संगठनका संयोजक प्रेम प्रशान्त बोहराको अध्यक्षतामा २०७८ श्रावण ३० गते जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका सेक्रेटरी क.चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्यता,जिल्ला सचिवालय सदस्य क.मोतीराम खड्काको विशेष आतिथ्यता र युवा संगठन नेपाल रुकुम पश्चिमका चौथो जिल्ला सम्मेलन आयोजक समिति संयोजक विवेक विश्वकर्माको आतिथ्यतामा मुसिकोट स्थित पार्टी जिल्ला सम्पर्क कार्यालयमा भव्य उत्साहका साथ सम्पन्न भयो । ऐतिहासिक प्रथम बैठकले लिएका दुरगामी र महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१. देश र जनताको न्याय, मुक्ति र स्वतन्त्रताको निम्ति आफ्नो अमुल्य जीवन बलिदान गर्ने महान सहिदहरुको उच्च मुल्यवोध गर्दै सम्मान, स्मरण र सपना पूरा गर्ने प्रतिबद्धता सहित श्रद्धाञ्जली व्यक्त गरियो ।

२. आगामी असोज १५ गतेभित्र सम्पुर्ण नगर तथा गाउँ स्तरीय भेला , बैठक तथा प्रशिक्षणहरु सम्पन्न गर्ने , जिल्ला स्तरीय ५ दिने स्कुलिङ संचालन गर्ने तथा निजीकरण र व्यापारीकरणले लपेटिएको वर्तमान शैक्षिक र स्वास्थ्य क्षेत्र र राष्ट्रियकरणको अनिवार्यता बिषयक जिल्ला स्तरीय अन्तरक्रिया संचालन गर्ने निर्णय गरियो ।

३. पार्टी , संगठन र आन्दोलनको आवश्यकतालाई मध्यनजर गर्दै साथै नेतृत्व र संगठनलाई गतिशील र चलायमान बनाउन सम्मेलन आयोजक समितिको पुनर्गठन गरि २७ औं जिल्ला सम्मेलन आयोजक समिति क.सोम्पाल कामीको नेतृत्वमा ३५ सदस्यीय रहने गरि निर्णय गरियो ।

४. मुलतः संगठनका सबै गतिविधिहरु २७औं जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक बनाउनमा केन्द्रित गर्ने , कोभिड (१९को संक्रमण न्यूनीकरण हुँदै गएपछि जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरूमा संगठन सुदृढ र विस्तार गर्ने तथा सम्मेलनका कामकाजलाई सहज, सरल र व्यवस्थित गराउन निम्न विभाग गठन गर्ने निर्णय गरियो ।

– प्रतिवेदन लेखन विभाग (सोम्पाल कामी,मिलन पुन र यमराज डाँगी)

-व्यवस्थापन विभाग (धनबहादुर ओली, ऐश्वर्य ददेल , इन्द्रबहादुर केसी)

-आर्थिक विभाग ( शोभा डाँगी ,गोविन्द पुन र शेरबहादुर बिष्ट)

-प्रचारप्रसार विभाग (यमराज डाँगी,माया महर , यामबहादुर बोहरा)

५. संगठनलाई आर्थिक तवरले आत्मनिर्भर बनाउन संगठनका सबै नेताकार्यकर्ताहरुको लगानी र सहभागीतामा उत्पादनको कामलाई अगाडि बढाउने तथा मासिक रूपमा अनिवार्य न्युनतम २ पटक संगठनका सबै नेताकार्यकर्ताहरुले शारीरिक श्रममा सहभागीता जनाउनुपर्ने निर्णय गरियो।

६. संगठनका संघर्ष सम्बन्धि कार्यहरूलाई निम्न विकृती,  विसङ्गती र मुद्दाहरुमा केन्द्रित गर्ने निर्णय गरियो ।
क) भ्रष्टाचार विरुद्ध
ख)  महंगी तथा कालोबजारी विरुद्ध
ग) शैक्षिक विकृति विरुद्ध
घ) प्राकृतिक स्रोत रसाधनको दोहन विरुद्ध
ङ) लागू औषध उत्पादन, सेवन, विक्री र वितरण विरुद्ध
च) वित्तीय संस्थाको लुटखसोट विरुद्ध
छ) विकास निर्माणमा कमसल कार्य गर्ने विरुद्ध
ज) बाल विवाह र बहुविवाह विरुद्ध
झ) अनुदानको बजेटमा अनियमितता गर्ने विरुद्ध
ञ) जातीय तथा लैङ्िगक विभेद विरुद्ध
ट) ३ बुँदे सहमति कार्यान्वयन नभएको विरुद्ध
ठ) पार्टी विरुद्ध हुने भ्रामक र प्रायोजित प्रचार विरुद्ध

७.संगठनको मुखपत्र लालकिल्लाको २०७८ भाद्र मसान्त भित्र प्रकाशन गर्ने , विकसित राजनीतिक परिस्थितिमा विकसित पार्टी कार्यनीति  संयुक्त वैकल्पिक सरकार , जनमत संग्रह र वैज्ञानिक समाजवादबारे व्यापक प्रचारप्रसार गर्ने तथा संगठनको आधिकारिक फेसबुक आइडी अखिल (क्रान्तिकारी) रुकुम पश्चिममार्फत संगठनका सम्पुर्ण गतिविधिहरुको प्रचारप्रसार गर्ने निर्णय गरियो ।

८. बर्षायाममा हुनसक्ने सम्भावित प्राकृतिक प्रकोप बाढी र पहिरोबाट प्रभावितहरुको लागि राहत तथा उद्दारको लागि नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सम्बन्धित निकाय सँग सहकार्य गरि गर्नेगरी पुर्व तयारीमा हुने निर्णय गरियो।

९. जिल्ला आयोजक समितिका सम्पुर्ण कमरेडहरु जन्मोत्सवको अवसरमा कुनै न कुनै सामाजिक कार्य गर्ने र प्राथमिकतामा बिरामीहरुको लागि फलफूल वितरण गर्ने कार्यलाई राख्ने निर्णय गरियो।

१०. ब्लड ब्याङ्क नभएको र रक्तदाता समयमै उपलब्ध नहुँदा जिल्ला अस्पताल सल्ले र मिसन अस्पताल चौरजहारीमा बिरामीहरु समस्यामा हुने हुँदा रक्तदानलाई सहज गराउने गरि जिल्लामा रक्तदान गर्न इच्छुकहरुको साझा संयन्त्र बनाउने तथा रक्तदान गर्न अभिप्रेरित गर्ने निर्णय गरियो ।

११. संयुक्त विद्यार्थी आन्दोलनको आवश्यकता र महत्त्व लाई बोध गर्दै जिल्ला स्थित क्रियाशील विद्यार्थी संगठनहरूसँग भेटघाट र सबै खाले विकृति र विसङ्गती विरुद्ध सहकार्य गर्ने निर्णय गरियो ।

१२. राजनीतिक तथा वैचारिक हिसाबले सुस्पष्ट, योग्य र क्षमतावान नेताकार्यकर्ता निर्माण गर्न माक्र्सवादी अध्ययनलाई व्यवस्थित गर्ने निर्णय गरियो ।

संयोजक
सोम्पाल कामी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :