विभिन्न पार्टी परित्याग गरी नेकपा चितवनमा ५२ युवा नेता प्रवेश

विभिन्न पार्टी परित्याग गरी नेकपा चितवनमा ५२ युवा नेता प्रवेश

चितवन : नेपाल कम्युनिस्ट पार्टीले चितवनमा सङ्गठन विस्तार कार्यक्रमलाई तिव्र रुपमा अगाडि बढाएको छ । प्रतिबन्ध फुकुवा भएर खुल्ला राजनीतिमा आएपछि नेकपाले अहिले देशव्यापी रुपमा सङ्गठन विस्तार र पार्टीको योजना जनतामाँझ अगाडि बढाउँदै लगेको हो । शनिबार मात्रै पूर्वी चितवन राप्ती नगरपालिका वडा नम्वर २ का ५२ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

पार्टीले चितवनमा सङ्गठन विस्तारलाई आक्रामक रुपमा अगाडि बढाउँदै वैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहका सन्र्दभमा नागरिकलाई सुसूचित गर्दै लगेको चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सन्देश पौडेलले बताए । पार्टीले अहिले धमाधम सङ्गठन विस्तार, कार्यकर्तालाई पार्टीको एजेण्डा र भावी योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाई छ । वर्तमान संसदीय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफूहरूले यसको विकल्पको रुपमा जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको उनले बताए । वैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पूरा हुने र त्यसका लागि वर्तमान संसदीय व्यवस्था फाल्नका लागि जनमतसङ्ग्रहमा जानुपर्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा मेडिकल शिक्षा सुधार आन्दोलनका नायक डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए । उनले स्वास्थ्य उपचारमा नागरिकमाथि गरिने लुट आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने र आफ्नो सङ्गठनले सरकारी र अन्य अस्पतालको स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन पहल गरिरहेको बताए । कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अव एक पटक युवाहरू स्वास्थ्य क्षेत्रका माफियाका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाई थियो ।

डा. चन्दले आफू सर्वसुलभ प्रभावकारी स्वास्थ्य र शिक्षा नागरिकले पाउनुपर्छ भन्ने मुल एजेण्डामा केन्द्रित भएको र त्यसका लागि देशव्यापी अभियान केन्द्रित गर्ने बताए । उनले नागरिकको आधारभूत आवश्यता प्राप्तिका लागि सबै युवाहरू अव एक भएर यो व्यवस्थाविरुद्ध सङ्घर्ष गरेर जनताको अधिकार स्थापित गर्नुपर्ने बताए । युवाहरूको पार्टी प्रवेशले पार्टीलाई थप गतिशील बनाउँदै जनतामा नयाँ उर्जा जगाउने डा. चन्दले बताए ।

वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरू पार्टीको नीति र कार्यक्रमलाई साथ दिँदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाइँले बताए । उनले पार्टीको योजना र कार्यक्रमप्रति युवाहरूको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरूको लहर चलेको बताए ।

पार्टी प्रबेश गर्नेहरूको नामावली यसप्रकार रहेको छ – निखिल पाठक, सञ्जिव श्रेष्ठ, अचुत सेडाइँ, रेशम खत्री, बिनायक तिमिल्सेना, अनिश बराल, शिशिर रुवाली, अनिल अर्याल, अनिल राई, उईसन सेडाइँ, सुमन ठकुरी, दिपेन्द्र चौधरी, अभिषेक परियार, संगित कुवर, आशिष परियार, मनिल श्रेत्री, राजेश चौधरी, बिनय राई, उदिप मल्ल, जुजन खड्का, विवेक अधिकारी, ससिम थापामगर, विकाश अधिकारी, दिपक फुयाल, सुसन राई, ऋतिक रिजाल, प्रतिक पौडेल, रोदन तामाङ, रोजन सेडाइँ, अर्जुनथिङ, किसान मगर, रोहन पौडेल, प्रबेश पाठक, सुलभ थापा, विवेक सुबेदी, वविन श्रेष्ठ, विवेक उप्रेती, सुवास रुवाली, विक्रम गोले, बिनोद नेपाली, धिरेन लामा, बिमल तामाङ, अनिल राई, दिउजय चौधरी, बिकास लोचन, आकास सुनार, यवन पुन, सागर चेपाङ र निपेश पाठक रहेका छन् ।

कार्यक्रममा सयौँको सङ्ख्यामा स्थानिय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :