नेकपा रैनादेवि छहरा गाउँपालिकाको भेला सम्पन्न

नेकपा रैनादेवि छहरा गाउँपालिकाको भेला सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी रैनादेवि गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । शनिबार रैनादेवि छहरा गाउँपालिकाको छहरामा प्रथम भेला सम्पन्न भएको हो । उक्त भेलाले नारायण केसीलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले १३ सदस्यीय गाउँपालिका कमिटीसमेत निर्वाचित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले वैज्ञानिक समाजवादी व्यवस्थाको प्राप्तिका लागि पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहको मागलाई अगाडि बढाउन अपिल गरिन् । यस्तै विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले नेपाली नेताहरूले विदेशी सामू आत्मसर्पण गरेका कारणले नेपाली जनताले भारत र अमेरिकाको हेपाइँ सहनु परेको छ, जसलाई अन्त्य गर्न पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिमार्फत राष्ट्रिय मुक्ति आन्दोलनमा सरिक हुन आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य तुलसिराम विकले राखेका थिए । अतिथिहरू नेपाल कम्युनिस्ट पार्टीका तानसेन नगरपालिकाका सेक्रेटरी सुमन, जनपत्रकार सङ्गठन, नेपाल पाल्पाका मुक्ति गैरे, सहिद परिवारका आमा सुशीला सुर्यवंशीको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन बिकल्प मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :