नेकपा कालिकोटद्वारा कोभिड बिरामीहरुलाई भेटघाट तथा फलफुल वितरण

नेकपा  कालिकोटद्वारा कोभिड बिरामीहरुलाई भेटघाट तथा फलफुल वितरण

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले कोभिड -१९ का बिरामीहरुलाई भेटघाट तथा फलफुल वितरण गरेको छ ।  पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडी `रणदिप`, बाँके जिल्ला कमिटी सदस्य राम बहादुर तिरुवा, कालिकोट जिल्ला कमिटी सदस्य वसन्त विक लगायतका नेताहरु बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड हस्पिटल पुगेका थिए । उक्त हस्पिटलमा ४७ जना पोजेटिभ बिरामी रहेका छन् । ती ४७ जनालाई नै केरा र स्याउ फलफुल वितरण गर्नुका साथै जिल्ला सेक्रेटरी रणदिपले बिरामीहरुलाई निरास होइन उच्च मनोबलका साथ सामना गर्न सुझाब दिए । साथै हस्पिटलमा कार्यरत डक्टरहरुलाई बिरामीको स्वास्थ्यमा बढी सम्वेदनशील भएर लाग्न सुझाव दिएका थिए । सोही क्रममा सरकारले यथासिघ्र जोखिम भत्ता यथासक्य दिलाउनु पर्ने र दिलाउन पार्टीले पहल गर्ने बताएका थिए ।

आफ्नो पार्टीले स्थापनाकालदेखि स्वास्थ्य शिक्षा कृषि जस्ता विषयलाई विशेष ढंगले उठाउदै आएको र दलाल संसदिय खेलोमेलोमा लिप्त पार्टीहरु तगारो बनेको उनकाे धारणा थियाे । रणदिपले भने, `सबै समस्याको हल वैज्ञानिक समाजवादले गर्छ जुन व्यवस्थामा स्वास्थ शिक्षा रोजगार गाँस बाँस कपास जनताको मौलिक हक हनेछ, हाम्रो पार्टी त्यसैका लागि जीवनमरणको लडाई लडिरहेको छ ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :