नेकपा दैलेखद्वारा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा दैलेखद्वारा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज ठाँटीकाध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम ठाँटीकाँध गाउँ कमिटी सेक्रेटरी शरदको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी दिपेन्द्र प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि दिपेन्द्रले अहिले दलाल संसदीय व्यवस्थाले स्वास्थ्य महङ्गो र गरिबहरको पहुँच नरहेकाले आफ्नो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाको लागि विगतदेखि नै संघर्ष गरेको बताए । उनले दलाल पुँजीवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमत संग्रह गरिनुपर्नेमा जोड दिए । अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. प्रदिप धौलाकोटी अतिथि रहेको कार्यक्रमको सञ्चालन लोकराजले गरेका थिए । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य प्रकाश तिरुवाको विशेष पहलमा ठाँटीकाध गाउँपालिकामा पठाएको अक्सिजन सिलिन्डर ३ वटा, कन्सन्सटेटर १, पल्स अक्सामिटर, हैन्ड गोल्बवस २००, कोभिड १९ थर्मोमिटर, सर्जिकल ह्वाइट क्याप, पिपिई सेट र सेनीटाईजर जिल्ला सेक्रेटरी दिपेन्द्रले प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :