अखिल क्रान्तिकारि बर्दियाको दोस्रो पुर्ण बैठक सम्पन्न

चर्को शुल्क नियन्त्रण गर्न पहल गर्ने

अखिल क्रान्तिकारि बर्दियाको दोस्रो पुर्ण बैठक सम्पन्न

अखिल ( क्रान्तिकारी ) जिल्ला समिति बर्दिया को दोस्रो पुर्ण  बैठक संगठनका जिल्ला अध्यक्ष .हरि प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएकोछ। नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी प्रमुख अतिथि रहेको बैठकमा संगठनका केन्द्रिय सदस्य प्रेम शाही ,बर्दिया इन्चार्ज लोकेश जोशी, नेकपा मधुवन नगर इन्चार्ज केशव लावड लगायतको विशेष उपस्थिति रहेको थियो ।

गुणस्तरीय, प्राविधिक, निःशुल्क, वैज्ञानिक एवं व्यवहारिक शिक्षा सबै नागरिकले पाउनुपर्ने सेक्रेटरी गणेश चौधरीले बताए। शिक्षामा रहेको असमानताले दुई वर्ग जन्माइरहेको बताउँदै समान शिक्षा प्राप्त गर्नु हरेक नागरिकको अधिकार भएको उनले बताए। शैक्षिक क्षेत्रमा रहेको निजिकरण, व्यापारिकरण र दलालिकरण रोक्न अखिल क्रान्तिकारी मैदानमा खरोसंग उत्रनुपर्ने उनको भनाई थियो।
बैठकले सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यम र अनलाइन कक्षाका नाममा र निजी विद्यालयहरूले अशुलिरहेको चर्को शुल्क नियन्त्रण गर्न पहल गर्ने निर्णय गरेको अखिल क्रान्तिकारी बर्दिया अध्यक्ष हरि प्याकुरेलले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :