सल्यानमा नेकपाकाे आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यानमा नेकपाकाे आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सल्यान अन्तरगत दार्मा गाउँ कमिटीको आयोजना आजको राजनीतिक संकटको निकास वैज्ञानिक समाजवादको लागि जनमत संग्रह विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘शान्ति, समृद्धि, स्थिरताको लागि वैज्ञानिक समाजवाद’ भन्ने मूल नाराका साथ भएको कार्यक्रममा विभिन्न पक्षको सहभागितामा सर्वपक्षीय रुपमा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल, अथितिहरु नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, अखिल नेपाल शिक्षक संगठन का संयोजक केवल के सी, अखिल (क्रान्तिकारी) का नेता राजेन्द्र खड्का, दलित मुक्ति मोर्चाका संयोजक प्रेम परियारको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असलले पार्टी आन्दोलन र क्रान्तिलाई धोका दिने एकता नभएर जनताको निम्ति बलिदान गर्न तयार हुने र वैज्ञानिक समाजवाद प्राप्तिको संघर्ष गर्ने बृहत कम्युनिस्ट आन्दोलन एकताको जरुरी रहेको बताए । नेपाल सरकारसँग भएको तिन बुँदे सहमतिविरुद्ध गलत प्रचारवाजी नगर्न बरु सरकारले तत्काल तीन बुँदे सहमति कार्यन्वयन गर्न सरकारलाई आग्रह गरे । सहमति कार्यान्वयन नगरे नत्र विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले देशको संकटको निकास भनेको बैज्ञानिक समाजवाद नै हो भन्दै दलाल संसदवाद विदेशीको एजेन्डामा चलेर देउवा सरकार एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहे त्यसका विरुद्ध पार्टीले आन्दोलन गर्ने स्पष्ट पारे । उनले भने, –‘आजको सबै क्षेत्रको संकटको कारण दलाल पुजीवादी व्यवस्था हो, यसको विकल्प सहितको वैज्ञानिक समाजवादसहितको राजनीतिक प्रस्तावना पार्टीले पेस गरेको छ, जनमत संग्रहका लागि संयुक्त प्रगतिशील सरकारमार्फत लोकतन्त्रको उच्चतम प्रयोग जनमत संग्रह भएकोले एकपटक नेपाली जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह आवश्यक भएको छ ।’

कार्यक्रमको अध्यक्षतामा दार्मा गाउँ कमिटी इन्चार्ज मित्रमणी खड्का इगलको अध्यक्षता तथा मोहनपुरुषको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी सल्यानका सदस्य टंक प्रकाश केसीले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टी र संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दार्मा गाउँपालिका अध्यक्ष अरुण, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट प्रकाश रावत, शिक्षक बुद्धिजीवी मिन बहादुर वली, पत्रकार राम प्रसाद शर्मा, नेपाली काङ्ग्रेसका कुमार चन्द र नेपाल कम्युनिस्ट पार्टी समर्थित बुद्धिजीवी दल बहादुर केसी लगायतले अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा छलफलको प्रष्टिकरणसहित विषय नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य द्वय असल र सविनले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :