नेकपा परशुराम नगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न

नेकपा परशुराम नगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टीको परशुराम नगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपाका डडेल्धुरा जिल्ला सचिव टिका रानाको प्रमुख आतिथ्यतामा परशुराम नगरपालिका वार्ड नं. १२ जोगबुढामा मङ्गलबार सम्पन्न भएको हो ।

उक्त बैठकलाई सम्बोधन गर्दै नेकपा डडेल्धुरा जिल्ला सचिव टिका राना ‘बिजय’ ले बोल्दै भने यो दलाल संसदीय व्यवस्था फेल भइसकेको र यो व्यवस्थालाई विस्तापित गरेर नयाँ व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्नको लागि सबै आम जनसमुदायलाई एकीकृत जनक्रान्तिको पक्षमा उभ्भिन सम्पूर्ण नागरिक समाज, बुद्धिजिवी, पत्रकार, लगायतका अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई समेत आग्रह गरेका छन् ।

मङ्गलबार करिब १ बजेतिर बसेको उक्त बैठकमा नेकपाको नेतृ तथा परशुराम नगरपालिकाकी पार्टी इन्चार्ज पूर्णिमा धामी, युवा सङ्गठन नेपाल डडेल्धुराका अध्यक्ष हर्क कुवर ‘शिशिर’, जिल्ला कार्यालय सचिव गणेश बोहरा, दलित मुक्ति मोर्चाका डडेल्धुरा जिल्ला अध्यक्ष बसन्त लगायतका सयौँ नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा बैठक सम्पन्न भएको नेकपा डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :