तीन बुँदे सहमति विपरित नेकपा नेताको घरमा पक्राउपुर्जी

तीन बुँदे सहमति विपरित नेकपा नेताको घरमा पक्राउपुर्जी

नेकपासंग भएको तीन बुँदे सहमति विपरीत सरकारले नेकपा नेताका घरमा पक्राउपुर्जी टाँस गरेको छ। नेकपा केन्द्रिय सदस्य तथा दार्चुला, बैतडी इन्चार्ज दलबहादुर धामी अग्नीको शुक्लाफाँटा नगरपालिका ७ स्थित घरमा पक्राउपुर्जी टाँसेको हो ।

राजद्रोह, ज्यानसम्बन्धि कसुर,हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ,संगठित अपराध समेत पाँच वटा अभियोग मा पैतिस दिनभित्र उपस्थित हुन  कैलाली जिल्ला अदालतले सुचना जारी गरेको हो ।केन्द्रिय सदस्य धामीले भने प्रतिबन्धका क्रममा सरकारले लगाएका झुट्टा मुद्धा तीन बुँदे सहमतिमा सरकारले फिर्ता गर्ने सम्झौता भईसकेकाले पक्राउपुर्जी घरमा पठाएर सहमतिको उल्लङ्घन गरेको बताए। नेकपाले सरकारले आफ्नो पार्टीसँग गरेको सहमति कार्यान्वयन नभएको बताउँदै केही दिन अगाडी प्रधानमन्त्री र राजनैतिक दलका शीर्ष नेताहरूलाई भेटेर ध्यानाकर्षण गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :